लेखनाथमा जिप र मोटरसाइकल ठोकिदा एकको मृत्यु

पोखरा १३ वैशाख / पोखरा लेखनाथ महानगर पालिकाको लेखनाथमा जिप र मोटरसाइकल ठक्कर खादा मोटरसाइकल चालकको ज्यान गएको छ । दमौलीबाट पोखरा आउदै गरेको ग १ च ८२२५ नम्बरको जिप र पोखराबाट जादै गरेको ग ४ प ९७०८ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २७ सतिचोकमा दुर्घटनामा मोटरसाइकल चालक पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ का ३७ बर्षीय रामचन्द्र वाग्लेको ज्यान गएको हो । दुर्घटनामा गम्भिर घाइते उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

सोहि मोटरसाइकलमा सवार पोखरा ३३ का २० बर्षीय श्रीराम भूजेल घाइते भएका छन् । मोटरसाइकल र जिप ठोक्किएपछि सोहि स्थानमा रहेको ग १ त ४३४५ नम्बरको ट्याक्टर पनि ठोक्किन पुगेको थियो । ठक्कर दिने जिप र ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा संलग्न तीन वटै सवारी प्रहरीको नियन्त्रणमा छ ।

कमेन्टहरु
Loading...