लेकसाइड खहरे पुर्ण सरसफाइ क्षेत्र घोषणा

पोखरा, ११ चैत /पोखरा उपमहानगर पालिका वडा नं. ६ को खहरे क्षेत्र पुर्ण सरसफाइ क्षेत्र घोषणा गर्ने जनाएको छ । खहरे आमा समूहले आयोजना गर्दै आएको सरसफाइ अभियान को ५८ औं हप्तामा प्रवेश गर्ने आगामी शनिबार घोषणा गरिने आइतबार आयोजित पोखरा बृहत सरसफाइ अभियानको पुर्व तयारी बैठकमा बताइएको हो ।

पोखरा बृहत सरसफाइ अभियान्ता रामबहादुर पौडेल क्षेत्रीले हामीले पनि घरमा बसेर सरकार र नगरपालिकालाई गाली गरेर बस्न सक्थ्यौ तर त्यसो गरेनौं । सरसफाईमा लाग्यौ, जसरी हप्ताको एक घण्टा हामीले सरसफाईको लागि दिएका छौ, जनप्रतिनिधिहरु पनि एक घण्टा दिन अनुरोध गरेका थिए ।

‘फेवाताल बचाउँ, भाबी सन्ततीको नासो जोगाऔं’ भन्ने नाराका साथ भएको सो कार्यक्रममा फोहोर नगर्ने लेकसाइड खहरेबासीले सामुहकि रुपमा कसम खाएका छन् । जिल्ला प्रहरी कार्यलय कास्कीका प्रबक्ता डिएसपी खड्कबहादुर खत्रीले सरसफाइ अभियानलाई सबैको साथ चाहिने वताउँदै सरसफाइ गर्नको लागि मनै देखि लाग्नु पर्ने वताए ।

वडा अध्यक्ष जगत पहारीले लेकसाइडमा सरसफाई पहिलो आवश्यकता रहेको वताउँदै सबै मिलेर टोल, वाटो गल्लीहरु सफा राख्नु पर्ने वताएका थिए । साथै उनले अहिले लेकसाइडमा नो भेहिकल जोन परिक्षणको रूपमा गरिएको र यसलाई बढाउन पनि सकिने बताउँदै फेवाताल नै हाम्रो जीवन हो सबै मिलेर जोगाउनु पर्ने वताउँदै उनले फेवाताल र लेकसाईडमा जथाभावी फोहोर गर्ने जोकोहीलाई सामाजिक कार्वाही गर्ने बताए।

खहरे आमा समुहकी अध्यक्ष मैयाँ भट्टराई थापाले आफुहरुलाइ लेकसाइडमा हुने मेला महोत्सवमा सहभागी गराउने, खेताला बनाउने मात्रै गरेको तर सरसफाइ अभियानमा तिनै संघसंस्थाले सहयोग नगरेको बताउँदै आगामी दिनमा लेकसाइड क्षेत्रमा हुने मेलाहरुमा नजाने सल्लाह भइरहेको बताइन् ।

विभिन्न संघसंस्थाका प्रतिनिधि उपस्थित रहेतापनि सरोकार होटेल ब्यबसायीका कुनै प्रतिनिधिलाई नदेख्दा दुखः लागेको थापाले बताइन् । वडा अध्यक्ष जगतबहादुर पहारीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन बिष्णुहरी अधिकारीले गरेका थिए ।

कमेन्टहरु
Loading...