लैंगिक हिंसा न्यूनिकरण गर्न महिला पुरुषको समान सहभागीता हुुनुपर्छः उपप्रमुख गुरुङ

पोखरा १९ फागुन / पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले लैंगिक हिंसा न्यूनिकरणका लागि महिला र पुरुष दुवैको समान सहभागीता हुुनुपर्नेमा जोड दिएकी छन् ।

पोखरा महानगरपालिका वडा नम्वर ७ ले आइतबार आयोजना गरेको लैडिंगक हिंसा विरुद्ध समसचेतना कार्यक्रममा बोल्दै उहाँले हिंसामा महिलामाथि हुने भएकाले र हिंसा गर्ने पुरुष भएकाले दुवैको समान सहभागीता बिना हिंसा न्यूनिकरण गर्न नसकिने बताइन् ।

राष्ट्र निर्माण र विकासमा महिला पुरुषको समान सहभागीता हुनुपर्छ उनले भनिन्, ‘पुरुषले महिला र महिलाले पुरुषलाई हेर्ने दृष्टिकोण सकरात्मक भएमात्रै लैडिंक हिसां न्यूनिकरण गर्न सकिन्छ ।’ उपप्रमुख गुरुङले समाजमा लैगिंक रुपमा गरिने हिंसाका घटना बढेको र त्यसमा महिला बढि पीडित रहेको बताइन् ।

अव लैगिंक हिंसा विरुद्धका कार्यक्रममा पुरुष र महिलाहरुको सहभागीता हुनुपर्छ भन्ने मान्यताले महानगरले लैगिंक हिंसा विरुद्ध पुरुषको ऐक्यबद्धता समसचेतना कार्यक्रम ल्याएको उपप्रमुख गुरुङल बताइन् । कार्यक्रममा पोखरा महानगरका न्यायिक समिति सदस्य पार्वती कार्कीले न्यायिक समितिको अधिकार क्षेत्र, न्यायिक समितिले हेर्न मिल्ने विवादका बारेमा र अधिबक्ता भुवन पराजुलीले देब्यानी र फौजदारी कानून बारे सहजीकरण गरेका थिए ।

पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष रामचन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य प्रभा पन्तले स्वागत गरेकी थिइन ।

कमेन्टहरु
Loading...