पोखरामा लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

पोखरा, ५ भदौ/ गण्डकी प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान टोलिले पोखरा २ बसपार्क क्षेत्रबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोहि स्थान बस्ने २६ वर्षिया रचना गिरी र ३८ वर्षिय बिमल लामा रहेको जनाएको छ ।

पक्राउ परेका उनिहरुका साथबाट प्रहरीले विभिन्न परिमाण पोका पारि राखेको ब्राउन सुगरका पोका फेला पारेको बताए ।

पक्राउ परेका उनिहरुलाई थप अनुसन्धान लागि वडा प्रहरी कार्यालय बगर पठाईएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...