कुष्ठरोग निवारण संघ पोखरा शाखाको ३३ औ वार्षिक शाखा सभा सम्पन्न

पोखरा २५ माघ/नेपाल कुष्ठरोग निवारण संघ पोखरा शाखाको ३३ औ वार्षिक शाखा सभा शनिवार सम्पन्न भएको छ । सभामा वोल्दै पश्चिमाञ्चल क्षेत्रिय प्रशासक लोकदर्शन रेग्मीले कुष्ठरोग जो कोहीलाई पनि लाग्न सक्ने भएकाले यसको वारेमा सचेतना फैल्याउन आवश्यक रहेको वताए ।कुष्ठरोग कुनै पनि ब्याक्तिलाई लाग्न सक्ने र यसको पहिचान हुने बित्तिकै उपचार गराउन सके अपाङ्ग हुन नपर्ने उनको भनाइ रहेको थियो । कुष्ठरोग निवारण संघले नीजि स्वार्थ भन्दा माथी उठेर बिकास र सामाजिक सेवामा समेत आफुलाई समर्पित गरेकोमा संघ प्रति आभार प्रकट गर्दै आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा वोल्दै संघका सचिव मुक्तिराम शर्माले पोखरामा संघद्धारा सञ्चालित आरोग्य आश्रममा रहेका ७ महिला र ६ पुरुषको सम्पूर्ण रेखदेख गरिरहेको वताउदै भर्खरैमात्रै कुष्ट प्रभावित ब्याक्तिहरुको सहजताका लागी शौचालय निर्माण गरेको जानकारी दिए ।

क्षेत्रिय स्वास्थ्य निर्देशनालयका फोकल पर्सन रेक बहादुर थापाले पश्चिमाञ्चका मनाङ्ग र मुस्ताङ्ग बाहेकका अन्य जिल्लामा ३ सय ८० जना कुष्ठरोगी रहेको र उनीहरुलाई समाजमा पुनस्र्थापना गर्ने कार्य भइरहेको वताए । सधारण सभामा शाखाका कोषाध्यक्ष योगराज पौडेलले आर्थिक प्रतिवेदन, सचिव मुक्तिराम शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

शाखाका सभापति नारायण शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा निवर्तमान सभापनि कृष्ण कुमार राजभण्डारी, नेपाल अर्वुद रोग निवारण संघका अध्यक्ष दिनेश शंकर पालिखे, कार्यसमिति सदस्य नारायणी कोइराला लगायतले वोलेका थिए ।

कमेन्टहरु
Loading...