नेपाल कृषि प्राविधिक एसोसियसनमा अर्याल

पोखरा, २७ वैशाख/नेपाल कृषि प्राविधिक एसोसियसन कास्कीको अध्यक्षमा गुरुप्रसाद अर्याल निर्विरोध चयन भएका छन् ।
समितिको उपाध्यक्षमा स्तुती आचार्य, सचिवमा युवराज ढकाल, कोषाध्यक्षमा मेनका तिवारी, सहसचिवमा दामोदर अधिकारी तथा सदस्यहरुमा टिकदत्त घिमिरे, रमेशप्रसाद ढकाल, मातिवर यादव, रञ्जन पोख्रेल, कुन्ता शर्मा, भरत गुरुङ, हिन्दी राई, घनश्याम घिमिरे रहेको छन् ।

त्यसैगरि समितिको सल्लाहकारमा कोशवराज बराल, निलकण्ठ कोइराला र लिलाप्रसाद पंगेनी रहेको छन् । नेपाल कृषि प्राविकधि एसोसियसन क्षेत्रिय समन्वय समितिका अध्यक्ष केशव बराल र केन्द्रिय सल्लाहकार लिलाप्रसाद पंगेनीको रोहोवरमा समिति चयन भएको छ।

कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय, क्षेत्रिय कृषि निर्देशनाल, क्षेत्रिय माटो प्रयोगशाला, क्षेत्रिय वालि संरक्षण, क्षेत्रिय तालिम केन्द्र, रेशम खेती, वागवानी, अनुसन्धान केन्द्रका सहभागि रहेका थिए।

कमेन्टहरु
Loading...