कोपिला नेपालको बाल इजलासलाई सहयोग

पोखरा, १ भदौ /महिला, वालवालिका र मानिसक क्षेत्रमा कार्य गर्दै आएको कोपिला नेपालले जिल्ला अदालत कास्कीको बाल इजलासलाई विभिन्न सामाग्री प्रदान गरेको छ ।

इजलासमा आउने वालवालिका र पिडित महिलाहरुलाई मध्यनजर गर्दै खेलौना, टेबल, टिभी, कार्पेट, ¥याक एक कार्यक्रमका बीच अदालतलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा जिल्ला न्यायधिसहरुको सहभागिता थियो भने कोपिला नेपालको तर्फबाट अध्यक्ष डा. कृष्ण अधिकारी, संस्थापक तिर्थ थापा, कार्यकारी निर्देशक विना शिलवाल लगायतको उपस्थिती रहेको थियो । करिव ५० हजार रुपैया बराबरको सामाग्री प्रदान गरिएको कोपिला नेपालले जनाएको छ ।

कमेन्टहरु
Loading...