दिगो विकासका लागि विश्वविद्यालको भुमिका महत्वपुर्णः मन्त्री गुरुङ

पोखरा, ३ बैशाख/विश्व बजारमा बढ्दै गैरहेको जनशक्तिको माग बमोजिम विश्वबिद्यालयले शिक्षा प्रदान गर्न सकेमा मात्र समृद्ध नेपालको आधार तय हुने बताए ।

सोमबार पृथ्वीनारायण क्याम्पस ब्यवस्थापन संकायद्धारा आयोजित शुभकामना आदान प्रदान तथा क्यालेण्डर बिमोचन कार्यक्रको उद्घाटन गर्दै गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले दिगो बिकासका लागि युवा तथा बिद्यार्थीहरुले आर्जन गरेकोे ज्ञान, सीप तथा क्षमता स्वदेशमै परिचालन हुन आवश्यक रहेको बताउदै देशको नीति तथा योजना निर्माण, कार्यन्वयन, समिक्षामा तथा विष्लेषणमा प्राध्यापकहरुको रचनात्मक भुमिका रहने बताए ।

क्याम्पसको थप भौतिक तथा शैक्षिक विकासका लागि प्रदेश सरकारका तर्फवाट जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए ।

क्याम्पस प्रमूख प्रा.डा. चन्द्रबहादुर थापाले क्याम्पसले क्यु.यु.ए. प्राप्त गर्नु तथा शिक्षा मन्त्रालयबाट उत्कृष्ठ आंगीक क्याम्पसको उपाधि प्राप्त गर्नमा प्राध्यापक, बिदयार्थी, कर्मचारी सवैको उल्लेख निय भुमिका रहेको बताए ।

उनले आगामि दिनमा क्याम्पसको थप सफलताका लागि प्रदेश सरकारको पनि क्याम्पसलाई आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताए ।

सहायक क्याम्पस प्रमूख डा. बिर बहादुर कार्कीले पृथ्वीनारायण क्याम्पसको कुल बिद्यार्थीको झण्डै आधा हिस्सा व्यवस्थापनले ओगेडेता पनि संकायको समग्र विकासका लागि प्रशासनले श्रोत र साधनको यथोचित वाँडफाँड नभएको बताउदै आंशिक प्राध्यापकहरुलाई न्युनतम पारिश्रमीक प्रदान गर्न सरकारले व्यवस्थागर्नु पर्ने बताए ।

क्यलेण्डर प्रकाशन समितिका संयोजक एवं क्षेत्रगत व्यवस्थापन बिभागका बिभागिए प्रमुख विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रको संचालन प्राध्यापक विश्वनाथ पौडेलले गरेका थिए ।

कमेन्टहरु
Loading...