सृजनाचोक देखी पृथ्वीचोक खानेपानीको पाइगाडेपनि सडक जोखिमा

पोखरामा ४० प्रतिशत खानेपानी पाईपबाटै चुहावट

पोखरा, १४ असार/ पोखरामा दैनिक ५ करोड लिटरको पानीको आपूर्ति हुदैं आएको छ । आपूर्तिको ४० प्रतिशत पानी पाईपबाट चुहावट छ । चुहावटकै कारण पोखरामा खानेपानीको माग अनुसार आपूर्ति हुन सकेको छैन् । माग पनि लगभग दैनिक ५ करोड लिटर नै छ । यद्यपी बढ्दो चुहावटकै कारण सास्ती छ ।

नेपाल खानेपानी संस्थान पोखरा शाखाले दुई वर्षभित्रका पाईपबाट हुने पानीको चुहावट न्युनिकरण गर्ने छ । चुहावट नियन्त्रणसँगै खानेपानीको सुदृढिकरणको लागि पाईप विस्तारको काम गरिएको छ । पाईप विस्तारको काम भने जापानीज संस्था जाईकाले गरिरहेको छ ।

जाईकाले पोखराका १९ वटै वडामा खानेपानी पहुँच पुर्याउन पाईप विस्तार गर्ने काम गर्दै आएको हो । एक वर्ष अघिदेखि पाईप विस्तार शुरु गरेको जाईकाले १३ किलोमिटर पाईप विस्तार गरिसकेको छ । लक्ष्य भने ९६ किलोमिटर पाईप विस्तार गर्ने हो ।

‘खानेपानीको आपूर्तिले माग धान्छ । तर पाईपमा भएको चुहावट (लिकेज)ले समस्या बनाएको छ ’ नेपाल खानेपानी संस्थान पोखरा शाखाका सहायक इन्जिनियर सन्तोष दासले भने–‘हिउँदामा पानी कम आपूर्तिले समस्या हुदाँ वर्षामा पाईप जाम हुने समस्याले संकट निम्त्याउँछ ।’ उनका अनुसार जमिन मुनि विछ्याईएको पानीमा हुने चुहावटले खानेपानीको समस्या न्युनिकरण हुन सकेको छैन् । संस्थानले सृजनाचोकदेखि पृथ्वीचोकसम्म पाईप विस्तार गरेको छ ।

‘पानीको चुहावट नयाँ पाईप लाईन विस्तारपछि न्युनिकरण हुन्छ’ उनले भने–‘त्यसको लागि अझै दुईवर्ष कुुर्नुपर्ने छ ।’ सन २०२२ भित्रमा जाईकाले आफनो पाईप विस्तारको प्रोजेक्टलाई टुग्याउने छ । संस्थानले फलामको जिआई पाईप कालोपेत्र(अस्पाल्ट पीच) मुनि गाड्ने काम हुदैं छ । जाईकाले ६, १०, १२ र १६ इन्चको पाईपहरु विस्तार गरिरहेको छ ।

‘मुख्य बजार क्षेत्रभित्र पाईप विस्तार भईसकेको छ ’ उनले भने–‘१३ किलोमिटर पाईप हालिसकिएको छ ।’ उनका अनुसार संस्थानले २० र १६ इन्च पाईप ट्रान्समिसनको रुपमा रहन्छ । १० र १२ इन्चको पाईपबाट भने वितरण र सहायक वितरणको रुपमा उपयोग हुने उनको भनाई थियो । जाईकाको ३ अर्ब ८० करोड रुपैयाँको योजना हो ।

नयाँ पाईप लाईन विस्तारले केवल उत्पादन बढदैन् । केवल नेटवर्कको मात्रै काम भएको संस्थानले उल्लेख गरेको छ । पोखरामा खानेपानी मुहान मर्दी खोला र पोखरामा खनिएका बोरिङबाट खानेपानीको आपूर्ति हुदैं आएको छ । संस्थानले जाईकाको योजना अनुसार पोखरा महानगरपालिकाको १४ र १५ वडामा पाईप विस्तार गर्ने छ । ‘दुई वडामा दशकिलोमिटर पाईप विस्तार गरिने छ’ उनले भने–‘जाईकाको डिजाईनमा छ तर लगानी भने संस्थानले व्यहोर्ने छ ।’

जाईकाले खानेपानीको सुदृढिकरण गर्न हेमजा र पुरुन्चौर क्षेत्रमा दुईवटा ट्यांकी निर्माण गरेको छ । दुई ट्यांकीका जम्मा हुने फोहोर एंव थिग्रिने गिटी बालुवालाई सफा गरेर पानी ट्रिटमेन्ट गरिने छ । ट्रिटमेन्ट गरिएको पानी फुलबारी, पस्र्याङ र कोलपाटनको ट्यांकीसम्म पुर्याईने छ । ती ट्यांकीबाट खानेपानीको वितरण हुने संस्थानले उल्लेख गरेको छ ।

पोखरामा २० वटा व्यावसायिक बोरिङ छन् । अधिकांश लेकसाईडकका होटलले आफ्नै छुट्टै बोरिङ खनेका छन् । व्यावसायिक बोरिङबाट सिजनमा दैनिक ५० लाख लिटरसम्म आपूर्ति हुदैं आएको अन्नपूर्ण वाटर सप्लायर्स(बोरिङ) सञ्चालक योगेन्द्र शेरचन सुनाउँछन् ।

पाइगाडेपनि सकड अस्तव्यत

लगडानका कारण सार्वजनीक यातायात चलेका छैनन् । निजी सवारी साधन हुइकि रहेका छन् । सृजनाचोक देखी पृथ्वीचोक सम्मको सडक खनेर पाइप गाडेपनि पुरेर ढुङगा र माटो सडक मै छिरलीएको छ । जसले गर्दा दुर्घटनाको जोखिम बढेको छ । पृथ्वीचोक र सृजनाचोकमा खाल्टा खुल्टी हुँदा वर्षाको पानी जमेर भासिने समेत खतरा बढेको छ ।

कमेन्टहरु
Loading...