गुण्डाराजको अन्त्य गरेरै छाड्छु—एसपी राना

सागर राज तिमिल्सिना
पोखरा, २ जेठ /जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रमुखको जिम्मेवारी सम्हालेका एसपी ओमबहादुर रानाले गुण्डागर्दी विरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका छन् । उनले गुण्डाराजलाई अन्त्य गरेरै छाड्ने दाबी गरे ।

बुधबार पत्रकार सम्मेलन गरी १२ बुँदै प्रतिवद्धता सार्वजनीक गर्दै सहित गुण्डागर्दीलाई अन्त्य गरेरै छाड्ने बताए । उनले कसैले डर धम्की देखाएर फिरौती मागेमा तुरुन्तै जानकारी दिन सबैसगँ आग्रह गरे । उनले प्रहरीले तत्काल कानुन अनुसार पक्राउ गरी कारबाही गर्ने बताए ।

एसपी रानाले गुण्डागर्दी, लागुऔषध, महिला हिसां, जनताको सुरक्षा लगाएतका विभिन्न समुह बनाएर प्रहरी परिचालन गर्ने बताए । उनले लागूऔषध प्रयोग कर्तालाई मात्र नभइ बिक्री गर्ने र डिलरवालालाई पक्राउ गर्ने योजना बनाएको एसी रानाले सुनाए ।

रानाले सार्वजनीक गरेको १२ बुँदै कार्य योजनामा पोखराको मुख्य बजार र राजमार्ग क्षेत्रमा सिसी टिभी जडान गरी २४ घण्टा प्रहरीले निगरानी गर्न, प्रविधियुक्त प्रहरी सेवा, भौतिक तथा प्राविधिक पूर्वाधारको निर्माण लगाएत समेटिएको बताए ।

त्यसै गरि लागूपदार्थ, यौन व्यवसाय, जुवातास नियन्त्रण, फरार अपराधीको पक्राउ, सवारी दुर्घटना न्यूनीकरण लगाएका कामलाई एसपी रानाले प्राथमिकता दिने बताए । सोही अवसरमा एसी रानाले मंगलबार मात्रै ३६ वटा ट्याक्सी मिटरमा चल्लन नमानेको भन्दै कार्वाही गरेको सार्वजनीक गरे । त्यसै गरि चोरी र लागुऔषधमा संलगन चारजनालाई प्रहरीले सार्वजनीक गरेको छ ।

कमेन्टहरु
Loading...