राहत संकलन र वितरण नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीको आग्रह

पोखरा, २५ चैत्र/ जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिड–१९ सक्रमणको जोखिम रहेको अवस्थामा राहत संकलन तथा वितरण नगर्न आग्रह गरेको छ ।

कास्की प्रशासनले सूचना प्रकाशित गरी जिल्लामा विभिन्न व्यक्ति फर्म, सघ संस्था तथा नागरिक समाज लगायतले संकमणको जोखिम कायमै रहेको अवस्थालाई बेवास्ता गर्दै नगद, जिन्सी, खाद्यान्न लगायतका सामग्री संकलन गर्ने प्रयास गरेको तथा राहत वितरणमा सक्रिय भएकाले अहिलेलाई यस खालका कार्य निषेध गरिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले कोही कसैले आफ्नै तर्फ बाट राहत वितरण गर्न चाहेमा स्थानीय आवश्यकता र औचित्य पुष्ट्याइँ सहित सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला प्रशासनको स्वीकृति लिएर एकद्वार प्रणालीबाट मात्र राहत वितरण गर्न सकिने बताएका छन् ।

प्रशासनले आफूखुशी राहत सङ्कलन तथा वितरणका कार्य गर्ने वा गराउनेलाई संक्रमक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने स्पष्ट पारेको छ ।

कमेन्टहरु
Loading...