कास्की प्रशासनः होली कार्यक्रम गरेर नमनाउन, मेला, भेला नगर्ने अनुरोध

पोखरा, २२ फागुन / कोरोनाको त्रास बढ्दै जादाँ कास्की प्रशासनले सार्वजनिक स्थलमा मेला, भेला, भेटघाट, समारोहहरु र होली पर्व कार्यक्रम गरेर नपाउने अनुरोध गरेको छ ।

कास्की प्रशासनले भिडभाड तथा जनसमुदाय भेला हुने सार्वजनिक कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय कास्की प्रशासनले विज्ञप्ती जारी गरेको छ । प्रशासनको सूचनामा नेपालमा कोरोना संक्रमण नभए पनि पर्यटकीय सहर पोखरामा सतर्कता अपनाउन र सरसफाईमा ध्यान दिन पनि आग्रह गरिएको छ ।

प्रशासनले धार्मिक पर्व फागु पूर्णिमाको अवसरमा विकृति र उत्श्रृखल गतिविधि तर्फ सचेत रही मर्यादित रुपमा पर्व मनाउन अनुरोध गरेको छ । होली पर्वका बाहानामा कोही कसैले स्वीकृति बेगर रंग अबिर दल्ने, लोला हान्ने, भीडभाडमा जम्मा गर्ने जस्ता क्रियाकलाप नगर्न नगराउन अनुरोध गरेको छ ।

नोबल कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेकाले संक्रमणबाट जोगिन सचेतना अपनाउनुका साथै भिडभाडमा नजान तथा अति आवश्यक नगर्न अनुरोध गरेको छ । प्रशासनले अति आवश्यक बाहेकका मेला, सभा, समारोह, सम्मेलन जस्ता सार्वजनिक कार्यक्रमहरु नगर्न अनुरोध गरेको छ ।

कमेन्टहरु
Loading...