कास्कीको माछापुच्छे गाउँपालिका वडा हेरफेर, गोरर्खा धार्चेको केन्द्र माछाखोला

पोखरा, ३ जेठ/कास्कीको माछापुच्छे« गाउँपालिकाको वडा सीमाना हेरफेर हुने भएको छ । हेरफेरका लागि प्रदेश ४ को मन्त्रिपरिषद्को बुधबारको बैठकले संघीय मामिला मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

साविकको ल्वाङ घलेल गाविसका १ देखि ४ सम्मका वडालाई गाउँपालिकाको वडा नम्बर ८ र ५ देखि ९ सम्मका वडाहरुलाई गाउँपालिकाको वडा नम्बर ९ मा राख्नुपर्ने सुझाव सहित संघीय मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बताए ।

यसै गरी गोरर्खाको धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा सार्न पनि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिए । यस अगाडि बिभिन्न गाउँपालिकाको विवादित केन्द्रको समस्या समाधान गर्न मन्त्रिपरिषदको तेश्रो बैठकले भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाको संयोजकत्वमा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत सहितको दुई सदस्यिय कार्यदल समेत गठन गरेको थियो ।

कमेन्टहरु
Loading...