कास्की कारागार भित्रको पुस्तकालयलाई पुस्तक हस्तान्तरण

पोखरा, १७ भदौ /कास्की कारागार भित्र रहेको दिपक स्मृति पुस्तकालयलाई करिब २ सय थान बिभिन्न बिदाका

पुस्तकहरु हस्तान्तरण गरियो । जेल इन्चार्ज हरी प्रसाद गौतम र कारागार सुचना अधिकारी कमल केसिको

रहोबरमा कारागार भित्रको रेखदेख गर्ने नाइके राम प्रसाद पाण्डेलाई पुस्तकहरु हस्तान्तरण गरिएको थियो ।

फेसबुक मार्फत पुस्तक संकलन गर्ने पुस्तकालयकर्मी खिम बहादुर लामिछाने, सरिता गुरुङ फाउन्डेसनका

तर्फबाट सुदर्शन रन्जित र समाजसेवी बसन्त पहारीले पुस्तक हस्तान्तरण गरेका थिए । संकलित पुस्तकहरु

बारीस्ट पत्रकार यबम लेखक मोहन मैनाली, पोखरा सार्वजनिक पुस्तकालय, सरिता गुरुङ फाउन्डेसन, रिना

पौडेल, खिम लामिछने काजि, भुवन क्षेत्री, शितल थापा महर्जन आदिले प्रदान गरेको हो ।

२०२१ सालमा स्थापित कास्की कारागारमा हाल थुनुवा पुरुष १०३ जना, महिला १२ जना, कैदी तर्फ पुरुष ५६३

जना, महिला ४१ जना गरेर जम्मा ७१९ जना रहेको कास्की कारागार ब्यबस्था बिभागले जनाएको छ । जस मध्य

महिला पुरुष गरेर २६ जना बिदेशी नागरिक रहेका छन् ।

कैदी जीवन बिताइ रहेका राम प्रसाद पाण्डेले सडक दुर्घटनामा निदन भएको आफ्नो छोरा दिपक पाण्डेको

स्मृतिमा कास्की कारागार भित्र दिपक स्मृति पुस्तकाल भवन निर्माण गरेका हुन् । जो आँफै अहिले कारागार भित्र

नाइके रहेका छन् भने उक्त पुस्तकालको रेखदेख गर्ने जिम्मा पनि उनैलाई दिइएको छ । पुस्तक हस्तान्तरण

कार्यक्रमको शिलशिलमा जेल इन्चार्ज गौतमले भन्नु हुन्छ “जेल भनेको सुधार गृह हो । यस्ता पुस्तकहरुले

कारागारमा बन्दी जीवन बिताइरहेका कैदी बन्दीहरुको जीवनमा सुधार गर्न थप प्रेरणा मिल्दछ । असल नागरिक

बन्न सहयोग मिल्दछ । आगामी दिनमा अझ बढी पुस्तक संकलन गरी कारागार तथा पुस्तक बिहिन

पुस्तकालयहरुलाई बितरण गर्ने लक्ष्य रहेको उनले बताए ।

कमेन्टहरु
Loading...