कास्की कारागारमा एक कैदीको मृत्यु

पोखरा, ६ वैंशाख / कास्की कारागारमा कैदी सजाय भोगी रहेका एक कैदीको मृत्यु भएको छ ।

जबरजस्तिकरणी अपराधमा कास्की कारागारमा कैद सजाय भोगी रहेका पोखरा महानगरपालिका १८ सराङकोटका ४५ बर्षिय सुनिल नेपालीको शनिबार मृत्यु भएको हो ।

खाना खाँदा खाँदै अचानक बेहोस भएर ढलेका नेपालीको पश्चिम क्षेत्रिय अस्पतालमा चिकित्सकले चेक जाँच गर्दा मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरीनायव उपरीक्षक
राजेन्द्र बावु रेग्मीले जानकारी दिए ।

नेपाली २०७४ भदौ १५ गते देखि जबरजस्तिकरणी अपराधमा कारागार थिए । अदालतले उनलाई ७ बर्ष कैद सजाय तोकेको थियो । घटनाका विषयमा थप अनुसन्धान भईरहेको रेग्मीले जानकारी दिए ।

कमेन्टहरु
Loading...