कास्की कारगारमा कैदीको मृत्यु

सागर राज तिमिल्सिना
पोखरा, १० वैशाख/कास्की कारगारमा एक कैदीको मृत्यु भएको छ । तिन दिन अगाडी मात्रै जेल चलान भएका नारायण थापाको बिहीबार मृत्यु भएको हो ।

नारायण थापा
नारायण थापा

के कारण मृत्यु भएको भन्ने नखुलेको आफ्न्तले बताएका छन् । प्रहरीले वैशाख ६ गते थापालाई पक्राउ गरेर जेल चलान गरेको थियो । जेल प्रशासनलले थापाको मृत्यु के कारण भएको भन्ने जानकारी दिएको छैन उनका दाजु हरिबहादुर थापाले भने घरबाट सकुसल लगेका व्यक्ति तिन पछि कसरी मृत्यु हुन्छ ? जेल प्रशासनको लापरबाहिले भाईको मृत्यु भएको बताए ।

उनले घटनाको छानविनको समेत माग गरेका छन् । थापाले सधै घरमा नै भइरहेको भाईलाई फरार अभियुक्त भनेर प्रहरीले पक्राउ गरेको बनाए । २०६८ साल असार ८ गते लागु औषध मुद्दामा कास्की जिल्ला अदालतले १ वर्ष ९ महिना २५ दिन कैद सजाय तोकेको जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको सुचनामा उल्लेख छ । थापाको शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

कमेन्टहरु
Loading...