कास्की जिल्ला साइकल संघको अध्यक्षमा शंकर भण्डारी

पोखरा, ९ भदौ/ कास्की जिल्ला साइकल संघको दोस्रो अधिवेशनले शंकर भण्डारीको अध्यक्षतामा नयाँ कार्य

समिति चयन गरेको छ । संघको प्रथम उपाध्यक्ष सुवास सिग्देल, द्वितीय उपाध्यक्ष अशोक चालिसे, सचिव जगन

विश्वकर्मा, कोषाध्यक्ष इन्द गुरुङ छन् । सदस्यमा पुष्पकमल पौडेल, हरि थापा, तीर्थराज अवस्थी, कमल नेपाली,

जमुना थापा, अब्राहम खान छन् ।

संघका अध्यक्ष दिलीपराज श्रेष्ठको अध्यक्षतमा भएको उद्घाटनसत्र बोल्दै प्रदेश सांसद दीपक कोइरालाले ७ ताल

जोड्ने साइकल ट्रयाक निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका सभापति तथा कास्की जिल्ला साइकल संघका निवर्तमान अध्यक्ष दिलिप राज श्रेष्ठले वार्षिक प्रतिवेधन

प्रस्तुत गरे । उनले साइकल सिटीको अवधारणालाई संघले पुर्याएको योगदानलाई जोड्दै कास्की जिल्लालाई

साइकल सिटीमा अझ सम्भाव्यता रहेकाले साइकल ट्रेल समेत बनाएको बताए । संघका सचिव ईन्द्र गुरुङले

आर्थिक प्रतिवेधन प्रस्तुत गरेका थिए । साइकल सिटीका अध्यक्ष प्रकाश बज्राचार्यले साइकलको महत्त्व बारे

प्रकाश पार्दै आगामी दिनमा सहकार्य गरि कार्यक्रम गर्ने बताए।

साइकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्राचार्यले साइकलको महत्वबारे प्रकाश पार्र्दै आगमी दिनमा सहकार्य

गरेर काम गर्ने बताएका थिए ।

कार्यक्रम कास्की जिल्ला साईकल संघका सचिव जगन विश्वकर्माले सन्चालन गरेका थिए। कार्यक्रममा संघका

प्रथम उपाध्यक्ष सुवास सिग्देलले स्वागत मन्तव्य राखेका थिए ।

कमेन्टहरु
Loading...