समुदायमा अदालत कार्यक्रम, ‘अन्याय सहेर बस्न नहुनेमा सबैको जोड’

पोखरा, २७ बैशाख/कास्की जिल्ला अदालत तथा पूनरावेदन अदालत पोखराको संयुक्त आयोजनामा न्यायमा पहुँचका लागि समुदायमा अदालत कार्यक्रम सम्पन्न भएको छ । कानून दिवसको अवसरमा कास्कीको ढिकुरपोखरीमा आयोजित कार्यक्रममा उपस्थित सबैले अन्याय सहेर बस्न नहुनेमा जोड दिएका थिए ।
पूनरावेदन अदालत पोखराका वरिष्ठत्तम न्यायाधीश सत्यराज गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले नागरीक अधिकारको बारेमा जानकारी दिन कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताए । ‘अदालतले गरेको सेवा प्रवाह कस्तो छ, सुधार भएको छ की छैन भन्ने बारेमा जानकारी दिने कार्यक्रमको लक्ष्य हो ।’ उनले भने । कास्की जिल्ला अदालतका न्यायाधीश शेखर प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पौडेलले अदालतको काम कारवाही सफल भयो की भएन भनेर स्थानीय स्तरमा कार्यक्रमको आयोजना गरिएको बताए ।

‘केहि सिक्ने र सिकाउने उद्धेश्य हाम्रो हो तपाइको सहभागिता जिज्ञाशाले हामी उद्धेश्यमा पुग्न सफल भएको ठानेका छौ ।’ उनले भने । अधिकांश पिडितहरुले अन्याय सहेर बसेकोले न्युन मुद्दा मात्र अदालतमा पुग्ने गरेको उनको भनाइ थियो । घरेलु हिम्सा, महिला हिम्सा लगायतका घटना हुन नदिन महिलाहरु एकजुट हुनुपर्नेमा उनको जोड थियो । कार्यक्रममा न्यायीक प्रक्रियाको बारेमा जानकारी दिदै जिल्ला न्यायाधीश अनन्तराज डुम्रेले मुद्दा प्रक्रिया कसरी अगाडी बढाउने, अदालतका प्रकार, देवानी र फौजदारी मुद्दाको बारेमा जानकारी सहितको कार्यपत्र प्रस्तुत गरेका थिए ।

आफुलाई केहि अन्याय परे गुनासो गर्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा  कास्की जिल्ला अदालतका स्रेस्तेदार कृष्ण प्रसाद नेपालले जनतालाई कानूनको बारेमा सुसुचित गराउने उद्धेश्यले ढिकुरपोखरी ३ मा रहेको महेन्द्र सामुदायिक प्रा.वि. कार्यक्रम आयोजना गरिएको बताए । ‘अदालतमा पुग्ने व्यक्तिलाई मात्र नभएर गाउँ घरमा पुगेर कानूनको बारेमा
जानकारी गराउन यो कार्यक्रमको आयोजना गरिएको हो ।’ उनले भने । अदालतमा दिइने निशुल्क कानूनी सेवा, न्यायमा सहज पहुँच, निरन्तर सुनुवाई, एक घण्टा भित्र दिइने सेवा, सोधपुछ कक्ष, विश्राम कक्ष लगायतको बारेमा उनले
सहभागीलाई स्रेस्तेदार नेपालले प्रष्ट पारेका थिए ।

 

कमेन्टहरु
Loading...