कास्कीको सार्दीखोलामा निर्वाचनमा प्रयोगको जिपमा आगजनी

पोखरा, २४ वैशाख/स्थानिय तहको निर्वाचनको विरोध गर्दै आएको विप्लव माओवादीका कार्यकर्ताले गए राती कास्कीमा निर्वाचन प्रचारमा प्रयोग भएको जिपमा आगो लगाएका छन् ।

राती करिब साढे १२ बजे तिर आगलागी गरेको प्रहरीले जानकारी दिएको छ । कास्कीको माछापुच्छे गाउँपालिका सार्दीखोलामा नेपाली काग्रेसका उमेद्वारले चुनावका लागि प्रयोग गर्दै आएको ग१ज ६४४५ नम्बरको जिपमा आगलागी गरेको हो ।

आगलागीबाट जिपमा आम्सीक क्षती भएको प्रहरीले जनाएको छ । प्रहरीले राती नै तीन जनालाई प्रक्राउ गरेको बताएको छ ।

कमेन्टहरु
Loading...