जिल्ला अदालत कास्कीका श्रेष्तेदार ३० हजार घुस रकम सहित पक्राउ

पोखरा, ६ चैत / जिल्ला अदालत, कास्कीमा कार्यरत श्रेष्तेदार लोकनाथ पराजुलीलाई अख्तियारको टोलीले घुस रकम सहित पक्राउ गरेको छ ।

अदालतमा विचाराधिन मुद्दामा नियन्त्रणमा लिएको गाडी छुटाईदिने प्रयोजनका लागि विभिन्‍न बहानामा घुस माग गरिरहेको भन्‍ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले पराजुलीलाई पक्राउ गरेको हो ।

लोकनाथ पराजुलीलाई सेवाग्राहीसँग ३० हजार घुस रकम बापतको रकम लिईसकेको अवस्थामा उक्त रकमसहित पोखराको पर्स्याङ्ग चोक नजिकबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

कमेन्टहरु
Loading...