Categories
पोखरा फिचर

तरकारीमा विषादी न्युनिकरणका लागि कृषकको आक्रर्षण, कार्यक्रम थप गर्न माग

पोखरा, १ कात्तिक / तराकारीमा रासायनीक विषादी न्युनिकरण गर्नका लागि कृषकलाई तालिम प्रदान गर्दै आएको कारितास नेपाललाई कार्यक्रम थप गर्न माग गरेका छन् । कारितास नेपालले पोखरामा आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा कार्यक्रम थप गर्न माग गरे ।

तरकारीमा विषादी न्युनिकरणका लागि कृषकलाई प्रयोगात्मक रुपमा तालिम कारितास नेपालले तालिम दिदै आएको छ । कारितास नेपालले कास्कीको माछापुच्छे« गाउँपालिका, रुपा गाउँपालिका र पोखराका महानगरपालिकाका केहि वडामा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कृषकलाई विऊ दिएर तरकारी लगाउदा देखी फले सम्म लाग्ने रोग किरा र त्यसको निदानका बारेमा प्रयोगात्मका तालिम कृषकलाई दिदै आएको कारितास नेपाल फिल्ड कार्यलयका प्रमुख शोभा आचार्यले जानकारी दिइन् ।

उनले कृषकहरुलाई कुन समयका कुन किरा लाग्छ र त्यसका लागि जैविक विषादी के हुन सक्छ भन्ने बारेमा जानकारी दिइने बताईन् । उनले जैविक विषादी कसरी बनाउने र कसरी प्रयोग गर्ने भन्ने बारेमा तालिम दिने उनले बताइन् । यो कार्यक्रमलाई आईपिएम पाठशाला भन्ने गरिन्छ ।

समिक्षा कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष प्रकाश पौडेलले आईपिएम कार्यक्रममा कृषकहरुको आक्र्रषण बढेको बताए । उनले पोखरा १५ केही ठाउँमा यो कार्यक्रम सञ्चालन भएको र अन्य ठाउँबाट कृषकहरुले माग गरेको बताए ।

त्यसै गरि पोखरा ७ का वडा अध्यक्ष रामचन्द्र बरालले पोखरा भित्रिने तरकारी सबै विषादी मिसिएको हुन सक्ने बताउदै परीक्षणको व्यवस्था गर्नु पर्ने बताए । उनले पोखरामा धार्दिङ र कार्भेमा विषदी प्रयोग गर्दा कृषक र तकारी सेवन गर्ने दुबैलाई असर गरेको डाटा पोखराका कृषकहरुलाई पनि जानकारी दिएर अर्गानीक खेतीमा उत्पेरीत गर्नु पर्ने बताए ।

त्यसै गरि पोखरा महानगरपालिकाका बरिष्ठ कृषि विकास अधिकृत मनोहर कडरियाले पोखरा महानगरपालिकाले पनि यस वर्ष देखि आईपिएम पाठशालाका कार्यक्रम राखेको बताउदै कारितास सगँ मिलेर काम गर्न सक्ने बताए । उनले पोखरामा तरकारी ३० प्रतिशत स्थानीय उत्पादन र ७० प्रतिशत बाहिरबाट भित्रिने बताए । उनले पोखरा भन्दा बाहिरबाट आउने तराकारीमा विषादी मिसिएको हुन सक्ने बताउदै पोखरामा नै विषादी रहित तरकारी उत्पादन कृषकलाई जोडदिनु पर्ने बताए ।

कार्यक्रममा गण्डकी प्रदेश बाली संरक्षण प्रयोगशाला कार्यालयका प्रमुख तथा बरिष्ठ बाली संरक्षण अधिकृत धनबहादुर रानाले पछिल्लो समयमा फौजी किनाराको आक्रमण बढ्न सक्ने बताउदै बेलैमा कृषकहरु सचेत भएर हुनु पर्ने बताए । कारितास नेपाल कै सहयोगमा माछापुच्छे गाउँपालिका माछापुच्छे होमस्टे सञ्चालन हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *