श्रीमान् क्यान्सरले थलिए, भारी नबोकी घरमा चुल्हो बल्दैन

मुक्ति पाउन विष सेवन गरे त्यसले पनि भेटेन 

धन बस्नेत
पर्वत(कटुवाचौपारी)
घरमा श्रीमान ब्लड क्यान्सरले थलिएका छन् । मलेसियामा रहेको छोराको दुईवर्षदेखि कुनै खबर छैन् । शरीरमा तागत छैन् तैपनि भारी नबोगी घरमा चुल्हो बल्दैन् । पर्वत पिपलटारी –५ टारीकी ४५ वर्षिया लक्ष्मी परियारले आफनो यथार्थ सुनाईन–‘दिनभरी भारी बोकेर परिवारको पेट पाल्दै आएकी छु ।’
रासन खानुपर्छ । रासन खाएको ऋण तिर्न परियारले बजारदेखि छ घण्टा दुरी तय गरेर भारी गाउ“सम्म पु¥याउनुपर्छ । उमेरले नेटो काटिरह“दा उनको पीरलो भने अझ बल्झिदैं गएको छ । दीर्घरोगी श्रीमान हलनचल छन् । दुई छोरी बढ्दै÷पढ्दै छन् । तीन छोरीको विवाह भईसकेको छ । दिनभरी भारी बोकेर गरेको जोहोले दिनहु“ हातमुख जोर्ने सिवाय अरु केही हुदैन् । भारी बोक्ने दैनिकी बनिसकेको उनलाई संविधान सभाको दोस्रो चुनावको बारेमा जानकारी नै छैन् ।

womanभोट माग्न गा“उ आए होलान तर उनलाई जानकारी नै छैन् । ‘हाम्रो सानो दलित बस्ती छ । नेताको चियोचर्चो केही छैन्’ उनले भनिन–‘अघिल्ला चुनावमा नेताहरु आउ“थे आश्वासन दिएर जान्थे । अहिले फर्किएका छैनन् ।’ नेताको आश्वासनले परिवार नपालिने भन्दै आश्वासनको भरमा पर्दा पर्दै घरमा विजुली बाल्ने सपना अध्या“रो बन्दै गएको छ । हातमुख जोरिदिने आशाको त्यान्द्रो छोरा मलेसिया पुगेको चारवर्ष वित्यो । दुईवर्षसम्म खबर आएको थियो तर अहिले दुईवर्षदेखि कुनै अत्तोपत्तौ छैन् । परिवार पाल्ने जिम्मेवारी उनकै का“धमा छ । अर्काको एक टुक्रो जग्गा अधियामा लिएर अन्नपात उब्जाउछिन् । आधा दिएर बचेकोले वर्षदिन खाने मेलो गर्नुपर्ने पीडा उनको छ ।

घरभित्र पाक्ने चामलदेखि पिउने पानी पनि उनले बेसाउनुपर्छ । टुकि बालेर घर उज्यालो पार्नुपर्छ । नेताहरुले चुनावको समयमा विजुली र पानीको धारा ल्याईने आश्वासन जुग वितिसक्यो । दर्किएको पानीले ओत लाग्न कठिनाई हुन्छ । अघिल्लो चुनावमा नेताहरुले झुपडीमा बिजुली जोडिदिउ“ला, घरसम्म पानीको धारा ल्र्याईदिउ“ला भन्दै भोट मागेका थिए । तर, अहिलेसम्म नेताहरुले दिएका कुनै पनि आश्वासन पुरा नहुदा“ मन धुजाधुजा भएर फाटेको छ । त्यसैले यो पटकको चुनावमा भोट खसाल्न नजाने निधोमा पुगेकी छिन् । ‘पहिला चुनावको समयमा भोट यसरी हाल्नुपर्छ भन्दै सिकाउ“थे । भोट हालेपछि गाउ“ फर्किएर आएनन् । अहिले भोट खसाल्न जा“दिन ।’ उनले आफनो पीडालाई शब्द मार्फत गुनासोको पोको फुकाईन् । उनको मात्रै नभई बस्ती नै उज्यालो विहीन छ । बस्तीमा नेताले आश्वासन बाड्दै आउ“छन् ।

भोट दिएर हाम्रो बस्तीमा केही भएको छैन् । विवाह भएदेखि भोट खसालेकै हो । यत्तिका वर्ष भोट हालेपनि नत विजुली नत पानी नै जोडिएको छ । केवल भोटको नाममा उपयोग मात्रै गरेको ठहर उनले गरेकी छिन् । उनले अघिल्लो वर्षको चुनावमा नेपाली काग्रेसका नेता अर्जुन जोशी भने गाउ“ आएको भेटेकी थिईन् । तर अहिले नेताको नाम समेत सुनेकी छैनन् । भोट कहिले हाल्ने भन्ने बारे जानकारी समेत नपाएको बताउ“छिन् । नेताको आश्वासनले मात्रै जीवनमा नया“ उमंग नआउने उनको बुझाई छ । कुश्मा बजारदेखि नियमित भारी बोकेर गाउ“सम्म पुग्दा उनले दुईसय रुपिया“ पारिश्रमिक पाउ“छिन् । त्यही पारिश्रमिकले दुई छोरी पढाउने र श्रीमानको हेरचाह गर्दै आएकी छिन् । छोराको अत्तोपत्तो नहुदा“ बज्रपात परे जस्तै भएको छ । एकलाख २० हजार रुपिया“ ऋण काढेर मलेसिया पठाईन् । छोराले कमाएर पठाएको ४८ हजार रुपिया“ घरसम्म ल्याउन पाईनन् । भन्छिन–‘बजारमै ऋण तिर्दा एक रुपिया“पनि घरभित्र पसेन् ।’

छोरा बेखबर र श्रीमान थलिएपछि कतैबाट सहयोग नपाएका उनले आफैले ज्यान फाल्ने कोशिस गरिन् । ‘पीडाबाट मुक्ति पाउन विष सेवन समेत गरे तर समयमै गाउ“लले उपचार गरिदिएपछि बा“चेको दर्दनाक पीडालाई आखा“मा आ“शु लिएर व्यक्त गरिन् । १२ हजार रुपिया“ आर्थिक सहयोग जुटाएर श्रीमानको उपचार गरिन् । तर पर्याप्त हुन सकेन् । श्रीमानको उपचारको लागि सबैतिर गुहारिन् तर सहयोग कतैबाट पाईनन् । त्यसैले उनी भन्छिन्–‘जसले श्रीमानको उपचारको लागि सहयोग गरिदिन्छन् तिनैलाई भोट दिन्थे ।’ श्रीमानको उपचार नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकोले पनि उपचारलाई भोटिसित साट्न चाहन्छिन् ।

आश्वासनको पोको मात्रै दिदा“ लक्ष्मीलाई नेताहरुलाई लक्षित गर्दै थप्छिन–‘कसैलाई भोट दिएर केही हुन्न् ।’ भारी बोक्ने छोडे उनीहरु(दलका नेता)ले खान र लाउन दिदैंनन् । भोट नदिएर नै के भएको छ । दिएर के नै हुन्छ र ?’ चुनावले गरिखान दिनेमा ढुक्क छैनन् । गरीबलाई निमेक नगरी खान पुग्दैन् नेतालाई भोट दिएर केही हुदैन् । ‘चुनाव भन्दा गास र बासको चिन्ता छ ’ उनले भनिन–‘विवाह भएपछि श्रीमानस“गै गएर भोट खसाले । अहिले श्रीमानको लागि सबैस“ग हात फैलाउ“दा सहयोग पाईदैन् ।’

कटुवाचौपारी गाविस सचिव कुलप्रसाद लामिछानेले लक्ष्मीको पारिवारिक अवस्था उनले दिएको भनेको जस्तै दर्दनाक भएको सुनाउ“छन् । घरको अवस्था नाजुक छ । निमेक नगरी खाने उपाय नै छैन् । ‘निमेक गरेर दैनिक गुजारा चलाउनुपर्छ –उनले भने–‘बरु कतैबाट सहयोग मिले दिलाईदिए धर्म हुने थियो ।’ नौ कक्षामा पढ्दै गरेकी छोरीलाई विदेश पठाउन भन्दै नागरिकता बनाईदिन सिफारिस गरिदिन समेत लक्ष्मीले अह्राएको उनको भनाई छ । लक्ष्मी भन्छिन–‘भोट दिएर सुखी हुने र भोट नदिएर दुखी हुने अवस्था मलाई छैन् । निमेक गरे मात्रै जीवन धानिन्छ, निमेक नगरे पेट पाल्न गाह्रो हुन्छ ।’

(धन बस्नेत पोखराबाट प्रकासन हुने आविस्कार राष्टिय दैनिकका aसम्पादनक हुन्)

कमेन्टहरु
Loading...