एक सय थान कम्वल संकलन

पोखरा,२७,माघ /मानव विकास मंच नेपालको आह्वानमा संचालन भएको कम्वल संकलन अभियानमा एक सय १० थान कम्वल संकलन भएको छ । विदेशिको सहयोग विना पनि एक नेपालिले अर्को नेपालिलाई सहयोग गर्न सक्छौ भन्ने मुल अभिप्रायद्धारा संचालित उक्त अभियानमा सोमवार सम्म एक सय दश थान कम्वल संकलन भएको हो ।जसअनुरुप तमु समाज युके आमा समुहका अध्यक्ष माया गुरुङ विस थान कम्वल सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेकि छिन् । त्यस्तै चेरिस्मा इम्पोरियमका प्रोपाइटर सिता वरालले पन्ध्र थान कम्वल सहयोग गर्ने र आमा समुहका सोल्टी फर्म हाउस चिप्लेढुङ्गाले दश थान कम्वल सहयोग गर्ने अभियन्ता सुष्मा पौडेलले जानकारी दिइन् । त्यस्तै कार्यक्रम संयोजक सरिता कोइराला जमरकट्टेललाई सोमवार अवतार सिंह थापाले पाँच थान कम्वल हस्तान्तरण गरेका छन् ।त्यस्तै लक्ष्मी थापाले तिन थान र रोजी श्रेष्ठले दुई थान कम्वल हस्तान्तरण गरेका छन् ।

त्यस्तै गरि विष्णु श्रेष्ठले एक थान, सुमित्रा थापा एक थान, येम माया पुन एक थान, गोमा कुमारी खत्रि एक थान, लक्ष्मी थापा तिन थान, रविन्द्र थापा एक थान, ठिलमाया प्रजापति एक थान, ओम कुमारी महत थापा एक थान, सत्यदेवि रेग्मी एक थान, राम कुमारि सेन एक थान, शान्ति गुरुङ एक थान कम्वल हस्तान्तरण गरेका छन् ।कम्वल हस्तान्तरण गर्ने सवैलाई संयोजक कोइरालाले धन्यवाद दिदै कम्वल संकलन अभियानको मुल आयोजक समितिको सदस्य भएको भन्दै अन्य सहयोग गर्न इच्छुकहरुसँग आफुहरुले पनि कम्वल सहयोग लिन अनुरोध गरिन् ।त्यस्तै सदस्य मनमाया नेपालिले उक्त अभियानमा नयाँ कम्वल संकलन गरिएको र कसैसँग पनि कर कापमा कम्वल नमागिएको भन्दै स्वत स्फुर्त रुपमा कम्वल हस्तान्तरण गर्न चाहनेहरुले मानव अधिकारका लागि एकल महिला समुहको जिल्ला कार्यालय रानिपौवामा सम्पर्क गर्न समेत अनुरोध गरिन् ।

अभियन्ता पौडेलका अनुसार उक्त संकलित कम्वल हस्तान्तरणका लागि निम्न वर्गहरुको छनौट भै रहेको र कम्वल आवश्यक पर्ने निम्न वर्गका हरुलाई समेत मुल आयोजक समितिसँग आफ्नो नाम टिपाउन अनुरोध गर्दै उक्त संकलित कम्वल चाडैनै हस्तान्तरण गरिने वताइन् ।

कमेन्टहरु
Loading...