पोखराको काजिपोखरीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सागर राज तिमिल्सिना
पोखरा ३२ साउन/पोखराको काजिपोखरीमा नगरबसले ठक्कर दिदा एक जनाको ज्यान गएको छ ।

पोखराको बगरबाट खाल्टेमसिना जादै गरेको ग १ ख ५६६३ नम्बरको नगरबसले ठक्कर दिदा तनहुँ व्यास ११ का २४ वर्षिय सुमन गुरुङको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

सोही बसमा यात्रा गरि काजिपोखरीमा भरेका गुरुङलाई बसले ठक्कर दिए पछि उनको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता गजुसिद्धि ब्रजार्चाले जानकारी दिए ।

बस चालकले गुडिरहेको बस नरोक्दै झर्दा पछाडिको चक्काले उनलाई किचेको उनले बताए । चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गुरुङको सवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ ।

कमेन्टहरु
Loading...