पोखरामा हुने पत्रकार दौडको तयारी पुरा

पोखरा, ७ बैशाख /भूतपुर्व खेलाडी मंच नेपालले आफ्नो स्थापना दिवशका अवसरमा पत्रकारहरु विच दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । मंचले स्थापना दिवश बैशाख ८ गते वुधवारका दिन पर्दछ ।
मंचका प्रथम उपाध्यक्ष तथा प्रचार प्रसार संयोजक तेज गुरुङका अनुसार सम्भवत पत्रकारहरुलाई लक्षित गरि पोखरामा पहिलो पटक पत्रकारहरुका विच पहिलो पटक दौड आयोजना गरिएको वताउनु भएको छ । दौडमा पुरुष तथा महिला संचारकर्मीहरुका विच हुनेछ । दौड ५ किलोमिटरको हुनेछ ।

पत्रकार उक्त दौड मानव अधिकार चोक चिप्लेढँगा, बि.पि चोक, महेन्द्रपुल, पालिखे चोक, नदीपुर, पिएन क्याम्पस चोक, ट्याक्सी चोक, विन्धवासिनी, मोहोरिया टोल, भिमसेन चोक,नालाकोमुख, गणेश टोल, सिद्धार्थ चोक हुँदै मानवधिकार चोकमा समापन हुनेछ ।

मंचका महासचिव हरी पराजुलीका अनुसार प्रथम हुनेले नगद ५ हजार, दोश्रोले ३ हजार र तेश्रोले ३ हजार नगदका साथमा पदक तथा प्रमाणपत्र प्राप्त गर्ने छन । दौड विहान साढे ६ वजे सुरु हुनेछ र पोखराका संचार गृहका पत्रकारहरुलाई ७ गते साँझ सम्म नाम दर्ताका लागि आह्वान गरिएको छ

कमेन्टहरु
Loading...