जातिय विभेदको विरुद्धमा विश्वहिन्दु महासंघः ‘यो कु–सँस्कार हो’

पोखरा, २९ वैशाख/ विश्वहिन्दु महासंघ नेपालले पोखरा १६ लामाचौरमा भएको जातिय विभेद सम्बन्धि घटनाको भत्र्सना गरेको छ । हिन्दु रितिरिवाजर सँस्कृतिको नाममाहुने कुनै पनि जातिय विभेद सम्बन्धि घटना महासंघका लागि अमान्यहुने उसले बताएको छ ।

महासंघकास्कीकाअध्यक्षपार्वतापौडेल र महासचिवकमलपौडेलद्वारा सँयुक्त रुपमा जारी प्रेस विज्ञप्तीमार्फत संस्थाले जातियविभेद गर्नु शास्त्रविपरित कार्य भएको र कानुनको हिसाबले पनि दण्डनीय रहेको बताएको छ । ‘सनातन धर्मको मुलग्रन्थ बेद, गीता तथा उपनिषद्मा कहिँ पनि उल्लेख नभएको जातियताको विषयलाई लिएर समाजमाअमानविय घटना घटिरहेका छन् ।’ प्रेस विज्ञप्तीमा भनिएको छ–‘यो कुसँस्कार हो । र, यस्तै कुसँस्कारका कारण सनातन धर्ममाथिप्रहार भैरहेको छ । जातिय सद्भाव खलबलिएको छ ।’

विज्ञप्तीमार्फत महासंघ जातियविभेदको स्पष्ट रुपमाविपक्षमा रहेको उल्लेख गरेको छ । साथै महासंघले हरेक जातियले सार्वजनिक स्थलको निर्विवादप्रयोग गर्न पाउने अधिकारको पनि स्पष्ट कानुनीव्यवस्थाहुनुपर्ने माग गरेको छ ।

साथै प्रदेश सांसद माननीय कृष्णबहादुर थापाले जारी गरेको प्रेस विज्ञप्तीप्रति लक्षितगर्दै महासंघले जातिय सद्भाव र भाइचारा सम्बन्धकायम राख्न संयमताअपनाउनआग्रह गरेको छ । ‘न्यायिक छानबिनको क्रममका रहेको घटनालाई निष्पक्ष छानविन हुने वातावरण होस् र कसैबाट प्रभावमा परेर छानविनलाई तोडमोड गर्ने कामनहोस् भन्ने कुरामाहामीविशेष जोड दिन चाहन्छौँ ।’ संस्थाकामहासचिवकमलपौडेलले भने ।

समाजमा घट्ने यस्तै जातियविभेदका घटना र केही सद्भावखलबलाउने नियतभएकाव्यक्तिअनि संस्थाकै कारणले नेपालमाधर्मान्तरणको समस्या बढ्दै गएको महासंघको दाबी छ । साथै महासंघले यस्ता घटनालाई रितिरिवाज र सँस्कारको नामदिएर धर्मलाई दुषित नबनाउन पनि आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...