विकासमा महत्वपूर्ण भुमिका रहन्छः खेलकुद मन्त्री बिश्वकर्मा

पोखरा, १२ जेठ /युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले कास्कीको भदौरे लगायत क्षेत्र नम्बर ३ को समग्र बिकास बारे आफ्नो महत्वपूर्ण योगदान रहने बताएका छन् ।

शनिबार अन्नपुर्ण गाउँपालिका ४ भदौरे कास्कीमा विद्यालयको कम्पाउण्ड तथा दुई तले मञ्च निर्माण समितिद्धारा आयोजित समुद्घाटन, अभिनन्दन एबम् सम्मान कार्यक्रमको उद्घाटन गर्दै मन्त्री बिश्वकर्माले आफुलाई निर्बाचनमा जिताएको भन्दै सो क्षेत्रमा सबै पक्षको बिकासका लागी पहल गर्ने बताए ।

उनले आगामी ५ बर्ष सम्ममा क्षेत्र नं ३ भित्र रहेका कच्ची सडकखण्डलाई पक्की सडक खण्डमा परिणत गर्ने बताउनुहुदै बिकासले गति लिने बिश्वास दिलाए । “अब हरेक बिधामा बिकास हुनु जरुरी छ, त्यसैले हाम्रो कार्यकाल भित्र कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य लिएका छौ । उहाले भन्नुभयो “आगामी दश बर्षभित्र अल्पबिकसित मुलुकलाई हामी बिकसित मुलुकको रुपमा परिणत गर्नेछौ ।”

उनले बिदेशीएका युवाहरु देश बिकासको पहिलो पङ्ती रहेकोले स्वदेशमै उद्यमशिलतामा लाग्नुपर्ने बताउदै आवश्यक नीति नियम र उचित बाताबरणको दिन सम्बन्धित निकाय तयार रहेको बताए ।

कम्पाउण्ड तथा दुई तले मञ्चको उद्घाटन कार्यक्रममा पुर्व सभासद सिता गिरी ओली, अन्नपूर्ण गाउँपालिका वडा नं ४ का अध्यक्ष भरत केसी, निर्माण समितिका अध्यक्ष आश बहादुर गुरुङ, बिद्यालय ब्यबस्थापन समितिका पुर्व अध्यक्ष तथा जनप्रतिनिधी अनिल कुमार गुरुङ, भदौरे युवा क्लबका पुर्व अध्यक्ष अमर गुरुङ, सहयोगिदाता कृष्ण बहादुर गुरुङ, गोलमान गुरुङ, नेपाल कम्युनिष्ट पार्टीका नेता धर्म गुरुङ तथा बिष्णु बहादुर केसी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए भने कम्पाउण्ड तथा मञ्च निर्माणबारे बहादुरे माबिका प्रध्यानाध्यापक राम प्रसाद पौडेलले आय ब्यय प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कुल ३५ लाखको निर्माणमा बनेको उक्त बिद्यालयको कम्पाउण्ड तथा दुई तले मञ्च निर्माण गर्न सहयोग गर्ने सहयोगिदाताहरुलाई माला तथा अभिनन्दन पत्रद्धारा अभिनन्दित गरेको थियो । बहादुरे माबि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तैकाजी गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य आईन्दल गुरुङले ब्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन भदौरे क्लबका सचिब जिबन गुरुङ र शिक्षक नबिनराज पौडेलले गरेका थिए ।

कमेन्टहरु
Loading...