इन्सेक जिल्ला प्रतिनिधिहरुको अभिमुखिकरण पोखरामा

पोखरा, ५ कात्तिक / अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका जिल्ला प्रतिनिधीहरुको दुई दिने अभिमुखीकरण कार्यक्रम पोखरामा सुरु भएको छ ।

अभिमुखिकरणको उद्घाटनका बोल्दै इन्सेक अध्यक्ष डा.इन्दिरा श्रेष्ठले अध्यक्ष इन्दिरा श्रेष्ठले मानवअधिकारको संरक्षण र प्रर्वद्धनमा इन्सेक कर्मीहरुको भूमिका महत्वूर्ण हुने भन्दैं आफ्नो भूूमिकालाई कम आँकलन नगर्न आग्रह गरिन् ।

उनले इन्सेक जिल्ला प्रतिनिधिहरुले सत्यतथ्य संकलनको क्रममा अरुको सूचनालाई मात्र अधार बनाउँन नहुँने भन्दैं घटनास्थल र सम्बन्धीत पीडित समक्ष इन्सेककर्मीहरु पुग्नुपर्ने बताईन ।

इन्सेक कार्यकारी विजयराज गौतमले न्याय प्राप्तीका लागि इन्सेकले तयार गरेका अभिलेखहरुलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा महत्वूर्ण भूमिका निर्वाह गरेका बताए ।

गौतमले नेपालको मानवअधिकारको विषयमा इन्सेकलाई नसम्झदा अपूर्ण हुने बताए ।अभिमुखिकरण कार्यक्रममा १,२,३ र गण्डकी प्रदेशका संयोजक जिल्ला प्रतिनिधीहरुको उपस्थिती रहेको छ ।

कमेन्टहरु
Loading...