मानव अधिकारका विषयमा राज्य संवेदशिल बन्नुपर्छः सभामुख अधिकारी

पोखरा, २४ मंसिर / गण्डकी प्रदेशका सभाका सभामुख नेत्रनाथ अधिकारीले मानवअधिकारका विषयमा राज्य संवेदनशिल बन्नुपर्ने बताउनुभएको छ ।

७१ औँ अन्र्तराष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर २०१९) को सन्दर्भमा आयोजित तीन दिवसीय कार्यक्रममा अन्र्तगत गण्डकी प्रदेश मानव अधिकार महाभेला ०७६ को समापनका दिन पोखरामा आयोजित प्रभातफेरीमा बोल्दै उहाँले मानवअधिकारको विस्तृत व्याख्या गरिएको मौलिक हक र अधिकारहरुलाई आम नागरिकले पूर्ण उपभोग गर्न पाउने वातावरण राज्यले सिर्जना गर्नपर्ने बताउनुभयो ।

अधिकारीले आगामी वर्षको दिवस मनाइरहंदा मानवअधिकारको अवस्था अहिलेको भन्दा अझ सकरात्मक बनेको देख्न पाइने अपेक्षा राखेको बताउनुभयो । जिल्ला समन्वय समितिका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले मानवअधिकार दिवसमा राज्यको अपनत्व देखाउने गरी आगामी वर्षबाट मानवअधिकार दिवस जिल्ला समन्वय समितिले आफै सभाहलमा मनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले आफु र आफु मातहतका सबै स्थानिय तहबाट मानवअधिकारको रक्षा गर्दै उल्लंघन हुन नदिन पहल गर्ने बताउनुभयो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले मानवअधिकार मैत्री कानुनहरुको निर्माण र त्यसको कार्यन्वयनले नै मानवअधिकार पूर्ण रुपमा प्राप्त गर्न सकिने बताउनुभयो ।

घरबाटै मानवअधिकारको व्यबहारगत ज्ञान र त्यसको प्रयोग गर्न सकेमा मानवअधिकार उल्लंघनका घटनामा कमी आउने उहाँको भनाइ थियो । राष्ट्रिय मानवअधिकार आयोगका गण्डकी प्रदेश निर्देशक दिपक जंग ध्वज कार्की मानवअधिकारलाई घरघरमा पुर्याउनका लागी स्थानिय तह मानवअधिकारका विषयमा गम्भीर बन्दै सोही अनुरुप कार्यक्रमहरु अगाडी बढाउनुपर्नेे बताउनुभयो ।

उहाँले राज्यले मानवअधिकारका विषयमा युवाहरुको सक्रियता र संलग्नतालाई बढाउन भुमिका खेल्नुपर्ने भनाइ राख्नुभयो । इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलले राज्यले मानवअधिकारको विषयलाई गम्भिर रुपमा लिन नसकेको बताउद मानवअधिकार प्रति संवेदनशिल बन्नुपर्ने आग्रह गर्नुभयो ।

मानवअधिकार महाभेला मुल आयोजक समितिका संयोजक विष्णु बरालले सरकार ,गैरसरकारी संस्था र नागरिक समाज सबै एक ढिक्का भएर मानविय मुल्य र मान्यतामा आधारित समाज व्यबस्था बिकसित गराउन लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मानवअधिकारका क्षेत्रमा क्रियाशिल महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीका निर्वतमान अध्यक्ष जानकी शर्मा र पत्रकार पुण्य पौडेललाई सम्मान गरिएको थियो ।

शान्तिका लागी नागरिक समाज संजाल पोखरा, इन्सेक , पत्रकार महासंद्य , पोखरा उद्योग वाणिज्य संघ, सामुदायिक वन उपभोक्ता महासंद्य , अपांग महासंद्य , एम्नेष्टि इन्टरनेशनल अन्न्पूर्ण समुह ५४ र ८२ , महिला मानवअधिकार रक्षक संजाल ,गैरसरकारी संस्था महासंद्य , मानबअधिकार एलायन्स, मानव अधिकार संरक्षण मञ्च, मानवअधिकार रक्षक संरक्षण तथा प्रर्बद्धन केन्द्र , एड्भोकेसी फोरमा , सयपत्री समाज , चिल्ड्रेन नेपाल , थ्रि एन्जल्स ,कोपिला नेपाल , शक्ति समुह , गोनेसा , हुर्जा लगायत संजालसंग आवद्ध सम्पूर्ण संद्य संस्थाहहरु मानवअधिकार महाभेला मूल आयोजकको समितिमा रहेका थिए ।

कमेन्टहरु
Loading...