पोखरामा होलीः नेपाली डराए, पर्यटक रमाए (फोटो फिचर)

पोखरा, २५ फागुन / कोरोना भाइरसका कारण पोखरामा यति बेला विदेशी पर्यटक कम छन् । तर भए पर्यकहरु पनि होली पर्वका अवसरमा पोखरेलीसँगै रमाए । एक आपसमा रंगले शुभकामना साट्दै रंगहरुको पर्व होली मनाएका हुन् । अघिल्ला वर्षहरुमा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखरामा होलीको विषेश कार्यक्रम नै गर्दै आएको थियो ।

पहिलो पटक होलिमा सहभागि भएका कतिपय विदेशीले विशेष रुचिका साथ नेपाली सँगै रमाइलो गरेका थिए । होली पर्वमा विदेशी पर्यटकहरु आपसमा रंगहरु दलेर होली मनाउँदा पर्यटकहरुको अनुहार रंगीचंगी बन्दा पर्यटकहरुलाई चिन्न समेत मुस्किल थियो । होलीमा रमाउन पाउदा पर्यटकहरुले खुसी व्यक्त गरे ।

अघिल्ला वर्षहरुमा आन्तरीक एवं बाह्य पर्यटकले होलीमा पोखराको लेकसाइडमा भरिभराउ देखिन्थे । होली खेल्नेहरु पनि त्यति कै मात्रमा भेटिने गर्दथे । लेकसाइड होली मय बन्ने गरेका थियो । तर सय वर्ष होली नेपालीहरुले नै कम खेलेको व्यसायीहरु बताउ छन् । कोरोनाका भाइरसका कारण होली खल्लो बनेको व्यवसायीको भनाई छ ।

पर्यटकहरु र नेपालीहरु एकआपसमा विभिन्न रंगहरु एकआपसमा दल्दै होली सँग रंगिएका थिए । पर्यटन ब्यवसायीसँग मात्र हैन पर्यटकहरु बाल बच्चाहरु सँग औधी खुशी भएर रंग हान्ने र अविर खेल्नमा ब्यस्त देखिन्थे । कोरोना भाइरसको कारण सबै ठाउँमा असर गरेका बेला नेपाली मौलीक पर्व होलीमा पनि असर गरेको छ ।

कमेन्टहरु
Loading...