पोखराको पञ्चासेमा हिमपात

फाइल तस्बिर

पोखरा, २० पुस / वर्षा र हिमपातका कारण पोखरा सहित देशभर चिसो बढेको छ । पोखरामा वर्षा र आइतबार विहान पोखरा २३ पञ्चासेमा हिउ परेका कारण चिसो बढेको छ ।

पञ्चासे डाँडा देखी तल भञ्जाङ सम्म हिउ परेको स्थानीयले बताएका छन् ।

पोखरा महानगरपालिका अन्य केही स्थानमा समेत हिउ परेको छ । चिसो बढेपछि बिभिन्न स्थानमा मानिसहरु आगो तापेर बसेका छन् । मौषम कार्यालयका अनुसार आजबाट खुल्दै जाने बताएको छ ।

चिसोबाट बालबालिका, जेष्ठ नागरिक र बिरामीहरु अझ बढि प्रभावित भएका छन् । धेरैजसो घरबाहिर निस्किन सकेका छैनन् । घरमै रहेकाहरु एसी, हिटर वा कोइलाको सहयोगमा कोठा न्यानो बनाएर बसेका छन् ।

कमेन्टहरु
Loading...