हिमपहिरोमा हराएका दुई कोरियनको शव फेला

पोखरा, १४ वैशाख/ अन्नपूर्ण पदमार्गको हिंकु खोंच आएको हिमपहिरोमा हरााएका मध्ये थप दुई जनाको शव फेला परेको छ ।

माघ ३ मा आएको हिमपहिरोमा परि ४ जना कोरियन र ३ जना नेपाली हराएका थिए । ति मध्ये थप दुई जनाको शनिबार कोरियनको शव फेला परेको कास्की प्रहरी प्रमुख एसपि दानबहादुर कार्कीले जानकारी दिए ।

हराएका मध्ये २ जना नेपाली गाइडको शव यसअघि नै फेला परिसकेको उनले बताए । दुई जना कोरियनको कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित हिंकु खोंच र देउरालीको बीचमा मोदी नदी किनारमा सथनीयले शव फेला परेको उनले बताए । शव नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लैजान तयारी भएको उनले बताए ।

दुई जना नेपालीको शव एक जनाको चैतमै फेला परेको थियो भने अर्का एकजनाको ४ दिनअघि फेला परेको थियो । अहिले हिउँ पग्लिएका कारण शव खोज्न थालिएको हो । पहिरोमा परेका ३ जना अझै बेपत्ता छन् ।

कमेन्टहरु
Loading...