हिमालीको वार्षिकोत्सवमा सँस्कृतिकर्मी श्रेष्ठ र कलाकार गुरुङ सम्मानित

पोखरा, १६ माघ/ नेपाली लोक सँस्कृति बचाऔंका साथ क्रियाशील हिमाली साँस्कृतिक परिवारको २३ औं वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम बुधबार माघ पोखरामा स्रष्टा अभिनन्दन, कलाकार सम्मानसहित विविध साँस्कृतिक कार्यक्रम गरी सम्पन्न गरेको छ।

कार्यक्रममा सँस्कृति क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै बरिष्ठ सँस्कृतिकर्मी एवम साहित्यकार तिर्थ श्रेष्ठलाई अभिन्नदन र बरिष्ठ कलाकार चिजकुमारी गुरुङलाई हिमाली साँस्कृतिक परिवारका संस्थापक अध्यक्ष रुद्रबहादुर थापा रुपेनबाबु स्मृति सम्मानबाट सम्मान गरिएको थियो। श्रेष्ठलाई अभिन्नन्दन पत्रसहित र गुरुङलाई १० हजार एक रुपैयाको सहित सम्मान गरिएको थियो। यसरी नै वर्षको उत्कृष्ठ कलाकार घोषणा गर्दै परिवारका नृत्य संयोजक युवराज गुरुङ र नितु गुरुङ जनही पाँच पाँचहजार रुपैयासहित सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ स्रष्टा सम्मान गर्नुहुदै लोकसँस्कृति सबैको साझा भएको बताउनुभयो।उहाँले सँस्कृति नै पहिचान हो भन्नुहुदै पहिचान अनुहारमा नभई भाषा, धर्म, सँस्कृति, भुगोलमा खोज्नुपर्ने बताउनुभयो।

सँस्कृति सबैको साझा भएकाले संस्कृति संरक्षण र विकासका लागि राज्यले उचित निति बनाउनुपर्दछ भन्नुहुदै उहाँले हिमाली साँस्कृतिक परिवारले लोक सँस्कृतिको संरक्षण र विकासका लागि महत्वपुर्ण योगदान पुर्याएको भन्दै प्रसंसा गर्नुभयो। केही समय अघि गायक प्रकास सपुतले गलबन्दी च्यातियो लोकगीत गाउदा भाका चोरीको विवाद भएको सन्दर्भ पटक पटक जोडदै उहाँले भन्नुभयो लोकसँस्कृतिको कुनै स्रष्टा हुदै सँस्कृति साझा हो।

मन्त्री गुरुङले भाषा, कला, साहित्य, सँस्कृति विकास गर्नका लागि ऐकेडेमी निर्माणका लागि प्रदेशले कानुन बनाउन जुटेको बताउनुभयो। उहाँभे भन्नुभयो, सँस्कृति संरक्षण र विकासकै लागि जातिय, धार्मिक, भौगोलिक पहिचान झल्कने जिवन्त सस्कृति प्रस्तुत हुने गरी कास्कीको पाउदुरकोटमा १३ सय रोपनीमा साँस्कृतिक ग्राम निर्माण गरिने बताउनुभयो।

कार्यक्रममा सम्मानित तिर्थ श्रेष्ठ, परिवारका प्रमुख संरक्षक चेतन कार्की, मानार्थ सदस्य अशोक पालिखेले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा हिमाली साँस्कृतिक परिवारको गीतको प्रमुख अतिथि मन्त्री किरण गुरुङ र प्रमुख संरक्षक चेतन कार्कीले विमोचन गर्नुभएको थियो।

उक्त कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका विशेष सहयोगी अशोक पालिखे, मेजर लक्ष्मीप्रसाद गुरुङ, सु.जसबहादुर गुरुङ, रुद्रकुमारी गुरुङ मैना, मञ्जु गुरुङलाई मानार्थ सदस्यता वितरण गरिएको थियो।

कार्यक्रममा सु.जसबहादुर गुरुङले १ लाख ११ हजार ११ रुपैया, रुद्रकुमारी गुरुङ मैनाले १ लाख, मञ्जु गुरुङले १ लाख, नारायण गुरुङले ५० हजार सहयोग हस्तान्तरण गर्नुभएको थियो भने सम्मानित चिजकुमारी गुरुङले एकवर्षको इन्टरनेट सेवा सहयोग प्रदान गर्नुभएको थियो।

उक्त कार्यक्रममा नयाँ आजीवन सदस्यहरु सदस्यता वितरण र हिमाली साँस्कृतिक परिवारको गीतमा सहयोग गर्ने कलाकार तथा सहयोगीहरुलाई प्रसंसा पत्र वितरण गरिएको थियो।

पोखरा ९ पुरानो बसपार्कमा कार्यालय स्थापना गरी नेपाली मौलिक लोक सँस्कृति संरक्षण र विकासमा निरन्तर जुटिरहेको हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले नेपालको पुर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिणसम्म विविध साँस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई भव्य तुल्याएको थियो।

हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ज्ञानबहादुर थापाले स्वागत र सचिव श्रीजंग गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।

कमेन्टहरु
Loading...