हिमाली साँस्कृतिक परिवारद्धारा डिआइजी(DIG) बोहोरा र एसपी (SP)रानामगरलाई स्वागत

पोखरा, ७ साउन/नेपाली लोक सँस्कृति संरक्षण, सम्वद्र्धन र विकास अभियानमा क्रियाशील हिमाली साँस्कृतिक परिवारले प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरिक्षक(DIG)(डिआइजी)दानसिंह बोहोरा र कास्की जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरिक्षक(एसपी)(SP)ओमबहादुर रानामगरलाई आइतवार स्वागत सम्मान गरेको छ।

केही समय अघी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीका साथ आउनुभएका डिआइजी बोहोरा र जिल्ला प्रहरी प्रमुख एसपी राना मगरलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, संरक्षक नरबहादुर शेरचन, मानार्थ सदस्य टिका कार्की, मानार्थ सदस्य महेश गुरुङ, सल्लाहकारहरु, कार्यसमिति तथा कलाकारहरुले माला र खादाद्धारा स्वागत सम्मान गरिएको हो।

स्वागत ग्रहण पश्चात बोल्नुहुदै डिआइजी दानसिंह बोहोराले स्वागत सम्मानले आफुहरुलाई मुलुक र जनताको सेवा समर्पित हुन थप प्रोत्साहन मिलेको बताउनुभयो। उहाँले शान्ति सुव्यवस्थाका लागि नेपाल प्रहरीले कुनै कसर बाँकी नराख्ने भन्नुहुदै शान्ति अमनचयन रहेको समृद्ध प्रदेश निर्माणका लागि सबैको साथ सहयोगको अपेक्षा गर्नुभयो। हिमाली साँस्कृतिक परिवारले नेपाल लोक सँस्कृतिको विकासमा पुर्याउदै आएको योगदानको प्रसंसा गर्नुहुदै डिआइजी बोहोराले हिमालीलाई आफुहरुको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापाले हिमाली साँस्कृतिक परिवारको परिचयका साथमा स्थापना, उद्धेश्य र गतिविधीबारे जानकारी गराउनुहुदै स्वागत गर्नुभएको थियो भने सचिव श्रीजंग गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।

उक्त कार्यक्रममा गंगा ज्योति स्मृति पुरस्कारबाट पुरस्कृत परिवारका सल्लाहकार, कास्की आवाजका सम्पादक हुमबहादुर गुरुङलाई हिमाली साँस्कृतिक परिवारले खादा लगाएर बधाई ज्ञापन गरिएको थियो ।

कमेन्टहरु
Loading...