हिमाल कलेज अफ म्यानेजमेन्टले गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन सहयोग

पोखरा, २९ जेठ/पोखरा ८ बगाले टोलमा रहेको हिमाल कलेज अफ म्यानेजमेन्टले चितवनमा निमार्ण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्ने भएको छ ।

रंगशाला निमार्णका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई २० हजार रुपैया दिने भएको कलेजले जनाएको छ ।

रंगशाला निमार्णका लागि पोखरामा सहयोग संकलन कार्यक्रम आयोजना हुन लागको सोही कार्यक्रममा रकम हस्तान्तरण गर्ने क्याम्पस प्रमुख हरि कार्कीले जानकारी दिए । उनले सहयोग संकलन कार्यक्रममा पनि अन्य व्यवस्थापनमा समेत कलेजले सघाउने बताए ।

नीजि स्तरबाट सञ्चालित म्यानेजमेन्ट कलेजमा अहिले बिबिएसको पढाइ हुदै आएको छ । उनले बिबिएसमा हिमाल कलेज अफ म्यानेजमेन्ट पोखराको नम्बर वान कलेज भएको दाबी गरे । अबको शैक्षिकसत्र देखी कक्षा ११ मा व्यवस्थापनको पढाइ समेत शुरु गर्ने लागेको उनले बताए ।

कमेन्टहरु
Loading...