कालोमोसो नलगाउने गरी काम गर्न सांसद बरालको आग्रह

हेमजा सडक खण्डको डिपिआर स्थानिय माझ सार्वजनिक गर्न कर्मचारीलाई निर्देशन

पोखरा, १२ असार / गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन) ले कालोमोसो नलगाउने गरी काम गर्न निजामति कर्मचारी र सडक निर्माण कम्पनिलाई आग्रह गरेका छन् ।

पोखरा २५ हेमजा स्थित मध्य पहाडी लोकमार्गमा पर्ने हेमजा सडक खण्डको शुक्रबार अवलोकन गर्दै सांसद बरालले गुणस्तरलाई ख्याल गरी राष्ट्रिय गौरवका योजनालाई विषेश प्रथामिकता दिएर काम गर्न सुझाब दिदै स्थानियले कालोमोसो नलगाउने गरी काम गर्न कर्मचारी तथा सडक निर्माण कम्पनिलाई आग्रह गरेका हुन् ।

सांसद बरालले भने “राज्यका गौरवका योजनामा राष्ट्र सेवक कर्मचारीको बढी जिम्मेवारी हुन्छ, विकास निर्माणमा बिषेश ख्याल गर्नु पर्यो, काम गर्ने तौर तरिका अझै पुरानै शैलिको रहेको छ, यसरी लोकतान्त्रिक गणतन्त्र आएपछि हाम्रो सोच मानसिकतामा पनि परिवर्त हुनु पर्छ ।”

शर्मा एण्ड कम्पनी, स्वच्छन्द÷एलिट जे.भि. कम्पनीले मध्य पहाडी लोकमार्ग अन्र्तगत हेमजा सडक खण्डको करिब १२ किलोमिटर सडक निर्माणको जिम्मा लिएको कम्पनीले राम्रोसंग र गुणस्तरमा ध्यान नदिएको भन्दै स्थानियले गुनासो गरे पछि सांसद बरालले स्थानियको जनभावना अनुसार काम गर्न सुझाव दिएका हुन् ।

सांसद बरालले हेमजामा निर्माण हुने सडक खण्डको डिपिआर स्थानिय माझ सार्वजनिक गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । नेपालका प्राविधिकलाई ३५ हजार तलबको स्थानमा ७० हजार दिएर ठेकेदार कम्पनिसंग हुने चो चो मोचो पूर्ण रुपमा बन्द गराउनु पर्ने बताएका सांसद बरालले प्राविधिहरुले नहुने कामलाई आफ्नो विज्ञेताका हिसावले नहुने कुराको अडान राख्न सक्नु पर्नेमा जोड दिए । सवै इमानदार भएर उक्त परियोजना सफल पार्न उनले आग्रह गरे ।

इन्टरनल हर्नियाबाट ग्रसित भई आफ्नै डेरामा हाल आराम गर्दै आएका सांसदलाई स्थानियले कम्तिमा एक पटक फिल्डमा आउन आग्रह गरे अनुसार सांसद बराल शुक्रबार फिल्ड भिजिट गरेका हुन्। सडक निर्माणमा गुणस्तरमा ख्याल नगर्दा उक्त सडकमा गाडी संचालन हुन नसक्ने गरी हिलो भएको, नालमा पानी चुहावट भएको, नालाको राम्रो निकास नभएको, शाखा बाटो मर्मत संहार नभएको लगायतका समस्या उत्पन्न भएको स्थानियले निर्माण कम्पनी र सरकारी इन्जिनियरलाइ गुनासो गरेका हुन्।

याम्दी देखि नयाँपुल र सुइखेत देखि घट्टेखोलासम्म दोहोरो नाला सहितको ६/६ किलोमिटरमा ६ लेनको सडक निर्माणको कार्य हाल ७० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीका राजु रानाभाटले बताए । स्थानियले भने अनुसारका केही कुरामा सुधार गर्ने बताएका उनले खानेपानी, बिद्युत र कोभिड —१९ का कारण उक्त परियोजना सम्पन्न गर्न एक बर्ष ढिलो हुने बताए । मध्य पहाडी लोकमार्ग परियोजनाका इन्जिनियर अनन्त बरालले सरकारी मापदण्ड अनुसार कामको रेखदेख आफुहरुले गर्दै आएको बताए । कुनै कमजोरी देखिएमा तत्काल आफुहरुलाई समेत जानकारी गराउन उनले आग्रह गरे ।

नेकपाका नेता धर्मराज बाँस्तोलाले नाला निर्माण गर्दा क्रंक्रिटको मात्रा कम राखि ढुंगाको मात्रा बढी राख्दा नालामा चुहिने समस्या उत्पन्न भएको दाबी गरे । माछापुच्छ«े गाउँपालिका वडा नम्बर ७ (धम्पुस) का वडा अध्यक्ष समबहादुर गुरुङले हेमजा सडक खण्ड बागलुङ राजमार्ग समेत भएकोले गर्दा उक्त सडक निर्माणसंगै सडक अबरुद्ध नहुने गरी काम गर्न आग्रह गरे । नेपाली कागेंस पोखरा २५ का सहसभापति दानबहादुर थापाले एम्बुलेन्स समेत संचालन हुन नसक्ने गरी हेमजा सडक खण्डा बिग्रिन गएकोले तत्काल मर्मत गर्न निर्माण कम्पनीसंग आग्रह गरे ।

पोखरा २५ वडा कार्यालयका नासु इश्वरी बाँस्तोलाले नाला निर्माण हुदै गर्दा हाल केही स्थानियको घरमा पानी पस्ने समस्या आएको बताए । स्थानिय कृष्ण खड्काले पटक पटक हेमजा क्षेत्रमा सडक निर्माण गर्दा निर्माण कम्पनीले आफु खुसि काम गर्ने त्यसमा सरकारी कर्मचारीले वास्ता नगर्ने प्रबृक्ति पुनः दोहोरीएमा कालोमोसो लगाउने चेतावनी दिएकाछन्। हेमजा यूनाइटेड क्लवका पूर्व अध्यक्ष इन्द्र प्रसाद त्रिपाठीले सडकमा अनावश्यक ७ मिटर गहिराइको ग्रावेल निकालेर सडक भाषिने जोखिम बढाएको बताए ।

जनताको पसिनाबाट आएको उक्त बजेटको रकम उचित ढंगले खर्च भए नभएको राम्रोसंग अनुगमन गर्न उनले आग्रह गरे । स्थानिय तिर्थराज लुइटेल, बैकुण्ठ भण्डारी, माधव शरण पौडेल, जगन्नाथ त्रिपाठी, मधुशुधन त्रिपाठी लगायतले हेमजा सडक खण्डमा सडक निर्माण हुदा गुणस्तरमा ध्यान दिन आग्रह गरेका हुन्। हेमजा सडक खण्डको उक्त परियोजना २०७४ भदौं ३१ बाट सुरु भएको हो । उक्त परियोजना तीन बर्षको लागि निर्धारण गरिएको हो ।

कमेन्टहरु
Loading...