पोखरामा सुनको सिक्री लुट्ने प्रहरी फन्दामा

पोखरा, २० चैत/जिल्ला प्रहरी कार्यालय कास्कीले सुनको सिक्री लुटपाट गर्नेलाई पक्राउ गरेको छ ।

१८ गते दिउसो ४ बजे पोखरा उपमहानगर पालिका पराजुली मार्ग स्थितमा डोकोमा फलफुल राखी ब्रिक्री गर्दै हिडीरहेको अबस्थामा पोखरा ४ रामकृष्ण टोल बस्ने मनमाया खत्रीलाई डर घाक धम्की देखाई पछाडीबाट घाटीमा लगाएको सिक्री तथा नगद ५ हजार रुपैया लुट्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

चोरी गर्ने भक्तपुर जिल्ला सुडाल ५ घर भई हाल पोखरा उपमहानगर पालिका ४ पराजुली मार्ग बस्ने बर्ष ३१ को दिबाकर खड्कालाई सुनको सिक्री सहित प्रहरीले पक्राउ गरीएको हो । खड्कालाई जिल्ला अदालत कास्कीबाट चोरीमुद्धामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...