ग्लोवल कलिजियटको वार्षिकोत्सव, आफ्नै परिवेशको शिक्षा नीति लागू गछौः मन्त्री गुरुङ

पोखरा, ८ माघ/ गण्डकी प्रदेशमा आर्थिक मामिला योजना मन्त्री किरण गुरुङले गण्डकी विश्वविद्यालय स्थापना गरेर आफ्नै परिवेशको शिक्षा नीति लागू गर्न प्रदेश सरकार लागिरहेको बताएका छन् ।

विश्वविद्यालयको शिक्षा नीति अन्तर्राष्ट्रिय मापदण्डको हुने भन्दै उनले शिक्षा प्रणाली पनि व्यवसायिक र वैज्ञानिक हुने समेत स्पष्ट पारे। पोखराको ग्लोवल कलिजियटको २४ औं वार्षिकोत्सव एवं रजत महोत्सव शुभारम्भ गर्दै मन्त्री गुरुङले माध्यमिक तहसम्मको शिक्षालाई संघीय सरकारले स्थानीय तहलाई हस्तान्तरण गर्न अझै आनाकानी गरिरहेको आरोप लगाए ।

मन्त्री गुरुङले राज्यको शिक्षा नीति र प्रणाली एउटै रहेकोले राज्यले नीजि र सामुदायिक विद्यालयलाई फरक दृष्टिकोणले हेर्न नहुने बताए । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले छात्रवृत्ति पाउने तर निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले नपाउने भन्ने चर्चा सम्बन्धमा मन्त्री गुरुङले भने, ‘यो हल्ला मात्रै हो । यस्तो कदापि हुन सक्दैन । सरकारी स्कूल र बोर्डिङ स्कूलमा पढ्दैमा पक्षपात गर्न मिल्दैन ।’

निजी विद्यनलयमा पढ्न धनी र सरकारी विद्यालयमा पढ्ने विद्यार्थी गरिवको छोराछोरी हुन् भन्ने भ्रम अन्त्य गर्नुपर्नेमा जोड दिंदै उनले भने, ‘सरकारी विद्यालयमा धनीका छोराछोरी पनि पढेका छन् । मुख्य कुरा सोंच परिवर्तन हुन आवश्यक छ ।’

मुलुक समृद्धि बनाउने ढंगले ने अवको शिक्षा नीति बन्नुपर्नेमा मन्त्री गुरुङले जोड दिए । मुलु समृद्धिका लागि नयाँ पिंढीलाई उपयुक्त शिक्षा दिनुपर्ने भन्दै उनले यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको स्पष्ट पारे । ‘अवको शिक्षा व्यवहारिक हुन जरुरी छ’, मन्त्री गुरुङले भने, ‘विद्यार्थीले पाएको ज्ञानलाई व्यवहारमा उतार्न सक्ने बनाउनुपर्छ । तबमात्र मुलुक समृद्धितर्फ जान्छ ।’

पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. बुद्धिबहादुर थापाले राज्यले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिनुपर्ने खाँचो औंल्याए । उनले अन्य क्षेत्रको तुलनामा शिक्षा र स्वास्थ्य क्षेत्रमा विनियोजित बजेट निकै कम भएको भन्दै राज्यले अझै पनि यस क्षेत्रलाई महत्व नदिएको आभाष भएको बताए ।

उनले विद्यालय–विद्यार्थी–अभिभावक बीचको त्रिकोणात्मक सम्बन्धले मात्रै शिक्षा क्षेत्रको विकास हुने भन्दै यसमा सबै सजक बन्नुपर्नेमा जोड दिए । उनले आफूले पढेको विद्यालय, पढाएका गुरु र पढेको क्षेत्रलाई कदापि भुल्न नहुने समेत बताए ।

विद्यालयका प्राचार्य बाबुराम पन्तले निजी विद्यालयप्रति राज्यको दृष्टिकोण अझै परिवर्तन हुन नसक्नु विडम्वना भएको बताए । निजी विद्यालयले सरकारकै अनुमतिमा, सरकारले नै बनाउको शिक्षा नीति लागू गरेका हुनेले फरक देष्टिकोण राख्न आवश्यक नभएको बताए ।

ग्लोवलले कलेज सञ्चालन गर्नका लागि आवेदन दिएको वर्षौं वित्दा पनि सम्बन्धन पाउन नसक्नु विडम्वना भएको भन्दै भउनले अब अत्तर्राष्ट्रिय कलेजका सम्बन्धन लिएर भए पनि कलेज सञ्चालन गर्ने चेतावनी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पद्मराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक डा. अर्जुन आचार्य, विद्यालयका उपप्राचार्य वेदप्रसाद शर्मा लगायतले बोलेका थिए ।

उक्त अवसरमा विद्यालयमा १० वर्ष सेवा गरेको शिक्षक, कर्मचारीका साथै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन शिक्षकद्वय नेपाल प्रकाश अधिकारी, वसत्न्ती बाँस्तोलाका साथै विद्यार्थीहरू समुन्द्र क्षेत्री, ममता कुशवाह र आयुष्मा भण्डारीले गरेका थिए । कार्यक्रममा गायक रामभक्त जोजिजू, बाल गायक उत्प्रेम जोजिजूका साथै विद्यार्थीहरूले संगीतिक तथा सांस्कृतिक प्रस्तुति राखेका थिए ।

यसैबीच २०५२ सालमा स्थापित विद्यालयले यो वर्ष विविध कार्यक्रम गरेर रजत महोत्सव मनाउने विद्यालयका प्राचार्य पन्तले जानकारी दिए । कार्यक्रमका लागि विद्यालयका उपप्राचार्य वेदप्रसाद शर्मालाई मूल संयोजक चयन गरेको छ ।

कमेन्टहरु
Loading...