घर मै बसेर छोराछोरी विद्यालय पुगे नपुगेको थापा पाइन्छ

पोखरा १९ असार/आफ्ना नानीबाबुहरु विद्यालयमा प्रवेश गरेको र विद्यालयबाट छुटेको बारेमा अभिभावकहरुले घरै बसी बसी जानकारी पाउन सक्ने प्रविधि ग्लोबल टेक प्रालिले बजारमा ल्याएको छ ।

पोखरामा आईतबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका निर्देशक अच्युत पोखरेलले प्रविधिबारे जानकारी दिनुभयो । ‘स्मार्ट एटेन्डेन्स सिस्टम’ नाम दिईएको यो प्रविधिले विद्यार्थीहरु विद्यालय पुगेको र विद्यालयबाट बाहिरिएको जानकारी अभिभावकहरुले एस एम एस मार्फत थाहा पाउन सक्नेछन् । उक्त प्रविधिका लागि विद्यालयमा आर एफआईडी नामक यन्त्र जडान गर्नुपर्ने हुन्छ ।

घर मै बसेर छोराछोरी विद्यालय पुगे नपुगेको थापा पाइन्छ
घर मै बसेर छोराछोरी विद्यालय पुगे नपुगेको थापा पाइन्छ

उक्त यन्त्रसंग विद्यार्थीले आफ्नो स्मार्ट आईडी कार्ड प्रर्दशन गरेपछि स्वचालित रुपमा विद्यार्थी प्रवेशको सन्देश अभिभावक र विद्यालयको रेकर्डमा रहने पत्रकार सम्मेलनमा जानकारी गराईयो । उक्त प्रविधिका लागि कम्पनीले ई–प्राईमा नामक एस एम एस प्रोभाईडर संग सहकार्य गरेको ई–प्राईमाका निर्देशक डि पी पण्डितले बताउनुभयो । विद्यालय प्रवेशको मुल गेटमा जडान गरेको आर एफ आई डीले २ सय मिटर परसम्म एकैपटकमा हजारँै स्मार्ट कार्डहरुको डाटा लिन सक्ने पण्डितको भनाई छ ।

यो प्रविधि जडानबाट विद्यालयमा छरितो रुपमा विद्यार्थीको हाजीर गर्न सकिने, अभिभावकहरुलाई आफ्ना नानीबाबुप्रतिको निगरानी बढ्ने र विद्यालय पुगेका विद्यार्थीहरुको संख्या छरितो रुपमै थाहा हुने कम्पनीको विश्वास छ । प्रविधि जडान गर्ने विद्यालयका लागि केही समय परीक्षणकालको समय रहने र अभिभावक र विद्यालयको सहमतीमा उक्त प्रविधि जडान गर्न सकिने बारे कार्यक्रममा जानकारी गराईएको थियो । प्रविधिमार्फत प्राप्त हुने एस एम एस बापतको शुल्क भने अभिभावकहरुले व्यहोर्नुपर्ने बताइएको छ ।

कमेन्टहरु
Loading...