विरोधी दलका नेताले पनि सघाउने गृहमन्त्रीको विश्वास

सागर राज तिमिल्सिना
पोखरा, १ कात्र्तिक/गृहमन्त्री माधव प्रसाद घिमिरेले बिरोधमा रहेका दलहरुले पनि आगामी निर्बाचनमा सहयोग गर्ने विश्वास ब्यक्त गरेका छन् । असन्तुष्ट दलहरु चुनाबमा संस्थागत रुपमा सहभागि नभएपनि ब्यक्तिगत रुपमा सघाउने उनको विश्वास छ । जिल्ला प्रहरी कार्यालय कास्कीको नबनिर्मित भबनको आज पोखरामा उद्घाटन गर्दै गृहमन्त्री घिमिरेले लोकतान्त्री गणतन्त्रलाई संस्थागत गर्न पनि चुनाब अपरिहार्य रहेकाले यसको बिरुद्धमा रहेका दलका नेताहरुले समेत सघाउनुपर्ने बताए ।police 1

उनले नागरिक सर्बोच्चताको लागि अहिलेको चुनाब अपरिहार्यको बताए । निर्बाचन सुरक्षाको लागि सरकार सक्षम रहेको उनले बताए । अर्को प्रसंगमा उनले प्रहरीमा राजनीतिक प्रभाब हट्दै गएको दाबि गरेका छन् । राजनीतिक प्रभाबबाट प्रहरीलाई मुक्त गर्न सरकार प्रतिबद्ध रहेको र प्रहरी पनि ब्यवशायिक बन्दै गएको घिमिरेले बताए ।

प्रहरी महानिरिक्षक कुवेरसिंह रानाले राजनीतिक संक्रमणको कारण सुरक्षा चुनौती थपिएको भएपनि सुरक्षाको लागि नेपाल प्रहरी सक्षम रहेको बताए । जिर्ण अबस्थामा रहेका भबनलाई पहिलो प्रथामिकतामा राखेर बनाउने क्रम जारी रहेको उनले बताए । तेस्रो चरण अन्तर्गत देशभरका ७७ वटा प्रहरी ईकाईको निर्माण कार्य भैरहेको रानाले जानकारी दिए ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी यादब प्रसाद कोईरालाले प्रहरीलाई प्राबिधिक र आर्थिक रुपमा साधन स्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिए । कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक केदार रिजालले नया भबन निर्माणपछि प्रहरी सेवामा स्तरियता थपिएको बताए । कार्यालयलाई पूर्ण रुपमा पेपर लेस बनाउने योजना रहेपनि आर्थिक अभाबले संभब नभएको उनले बताए ।करिब एक करोड ५३ लाखको लागतमा निर्मित सुबिधा सम्पन्न साढे दुई तले भबनमा ३ थुनुवा सहित १९ कोठा छन् । २०६८ जेठबाट निर्माण सुरु भएको भबन गत बर्षको आसोजमा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...