पोखरा बिहीबार ३५ सय ग्यास वितरण हुदै

पोखरा, १३ चैत / पोखरामा आज ३ हजार ५ सय ग्यास बितरण गरिदै । शक्ति ग्यासका डिलरहरुबाट ग्यास बाड्ने छन् ।

आज बजारमा शक्ति ग्यासँ मात्रै आएको छ भने पहिले भएका अन्य ग्यासहरु पनि वितरण हुने छन् । भोली देखी ७ किलोको ग्यास बजारमा ल्याउन लागिएको छ ।

ग्यासको कुनै अभाव नहोस् भन्दै ७ किलोको ग्यास ल्याउन लागेको पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीका स्वकिय सचिब लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

उनले भिडभाड गरेर सामान जोहो गर्नु आवश्यक नरहेको उनले बताए । उनले शुक्रबार ७ किलोको गृहलक्ष्मीको ग्यास बजारमा आउने बताए ।

कमेन्टहरु
Loading...