गर्भवतीको रक्तश्राव भएपछि हेलिकप्टर मार्फत उद्दार

पोखरा, १८ जेठ / गर्भवती अवस्थामा अत्याधिक रक्तश्राबका कारण थप उपचारका लागि म्याग्दीको अन्नपूर्ण गाउपालिकाकी एक महिलाको हेलिकोप्टर मार्फत पोखरा ल्याएका छन् ।

अन्नपूर्ण वडा ५ सिख कि नर्दिता गर्बुजालाई गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयले हेलिकप्टर मार्फत उद्दार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ल्याइएको हो ।

निरन्तर रक्तश्राव भएपछि उनको थप उपचारका लागि हेली उद्दार मार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइ मन्त्रालयले जनाएको छ ।

उनको पेटमा जुम्ल्याहा बच्चा भएकाले स्वास्थ्य चौकीमा उपचार सम्भव भएपछि पोखरा ल्याएको हो । महिलाको थप उपचार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भइरहेको छ ।

तस्बिरः प्रकाश पौडेल, सामाजिक विकाश मन्त्रालय गण्डकी

कमेन्टहरु
Loading...