गण्डकी प्रदेशमा कोरोना नियन्त्रणका लागि सुरक्षा संयन्त्रलाई डेढ करोड निकासा

पोखरा, २५ चैत/ विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि गण्डकी सरकारले थप डेढ करोड रुपैैयाँ जिल्ला तहलाई निकासा दिएको छ ।

मन्त्रिपरिषद् बैठकले सबै जिल्ला प्रशासन मार्फत सुरक्षा संयन्त्रलाई चुस्त बनाईराख्न १ करोड ४५ लाख रुपैयाँ निकासा दिने निर्णय गरेको हो ।

प्रदेशभित्रका मनाङ र मुस्ताङ जिल्लालाई ५/५ लाख र अरु ९ वटा जिल्लालाई १५/१५ लाखका दरले उपलब्ध गराईने सरकारका प्रबक्ता रामशरण बस्नेतले जानकारी दिए ।

उनका अनुसार जिल्ला तहमा कोरोना रोगको नियन्त्रण र ब्यवस्थापनबारे विभिन्न निकायले गरेका कामको अनुगमन गर्न, गाडीको इन्धन र मर्मतका लागि यो रकम खर्च गर्ने छन् ।

कमेन्टहरु
Loading...