गण्डकी प्रदेशमा थप एक जनामा कोरोना संक्रमण

पोखरा, ९ जेठ / गण्डकी प्रदेशमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश नवलपुरको विनय त्रिवेणी गाउँपालिका– ६ का ४५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

भारतको गुजरातबाट जेठ १ गते नेपाल आएका उनलाई शुक्रबार बिहान कोरोना पुष्टि भएको विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीले जानकारी दिए । जिसीका अनुसार संक्रमित पुरुष जेठ १ गते नेपाल आएपछि ३ दिन सम्म सुस्ताको क्वारेन्टिनमा बसेको थिए ।

त्यस पछि गाउँ पालिका कै क्वारेन्टिनमा आउका उनलाई जेठ ६ गते ज्योरो आएको जिसीले बताए । ज्यारो आए पछि ७ गते चितवनका रहेको भरतपुर कोरोना विषेश अस्पतालको आइसोलेसनमा राखिएको उनले बताए ।

शुक्रबार कोरोना पोजेटिभ आए पछि आइसोलेसनमा नै उपचार भइरहेको उनले बताए । गण्डकी प्रदेशमा अहिले सम्म ५ जनामा कोरोना संक्रमण देखीएको छ ।

जस मध्ये बागलुङका दुई जना निको भएर घर फर्किसेका छन् भने दुई जनाको भरतपुर कोरोना अस्पताल चितवन र एक जना ३ बर्षिय बालकको काठमाडौंमा उपचारमा छन् ।

कमेन्टहरु
Loading...