गण्डकी प्रदेशमा थप ३२ मा कोरोना संक्रमण, पोखरा ३ सहित कास्की ५ जना थपिए

पोखरा, १० असार / गण्डकी प्रदेशमा बुधबार बिहान ३२ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२९ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप भएका नयाँ ३२ जनामा संक्रमित पुष्टि भएको हो ।

उनीहरुलाई सम्बन्धीत जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । पछिल्लो थपिएकामा कास्कीका ५ जना रहेका छन् । ति मध्ये ३ जना पोखरा महानगरपालिका र दुई जना मादी गाउँपाकिका रहेका छन् ।

पोखरामा मंगलबार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी चितवन, भारत र कुवेतबाट फर्किएका रहेका छन् ।

सात जना मध्ये ३ जना महिला कुवेतबाट, ३ जना पुरुष भारतबाट र एक जना महिला चितवनबाट पोखरा आएका थिए । उनीहरु सबै क्वारेन्टिनमा नै थिए ।

मंगलबार थपिनेमा पोखरा महानगरपालिका वडा नम्बर ३३ का ३ जना, वडा नम्बर ३२, २६, १३ र १० का १/१ जना छन् । उनीहरु सबै पोखरा महानगरपालिकाको क्वारेन्टिइनमा बसेका छन् ।

वडा नम्बर ३२, २६, १३ र १० का महिलामा कोरोना पुष्टि भएको हो । संक्रमित सबैलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा लगिएको छ ।

गण्डकी प्रदेशमा थप ३२ मा कोरोना संक्रमण, पोखरा ३ सहित कास्की ५ जना थपिए
गण्डकी प्रदेशमा थप ३२ मा कोरोना संक्रमण, पोखरा ३ सहित कास्की ५ जना थपिए
कमेन्टहरु
Loading...