गण्डकी प्रदेशमा एकै दिन १६ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २२ जेठ / गण्डकी प्रदेशका विभिन्न जिल्लामा एकै दिन १६ जनामा कोरोना संक्रमित थपिएका छन् ।

बागलुङ निसीखोला गाउँपालिका ठेगाना भै सोही पालिकाको क्वारेन्टाइनमा रहेका २२ र २९ बर्षिय २ जना पुरुष र ३३ बर्षिय १ जना महिलामा कोरोना पुष्टि भएको छ ।

त्यसै गरी बागलुङ वडीगाड गाउँपालिका ठेगाना भै सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका १६, २०, २१ र २५ बर्षका ४ जना पुरुष र बागलुङको गल्कोट नगरपालिका ठेगाना भै सोहि पालिकाको क्वारेन्टाइनमा रहेका २०, २२ र २३ बर्षिय का ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसै गरि स्याङ्जाको कालीगण्डकी गाउँपालिका ठेगाना भै सोहि पालिकाको क्वारेन्टाइनमा रहेका १८ बर्षिय १ जना पुरुष, पर्वतको फलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका २१ बर्षियका २ जना पुरुष र बिहादी गाउँपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २४ र २८ बर्षिय २ जना पुरुषको कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसै गरी म्याग्दी जिल्ला, मंगला गाउँपालिका ठेगाना भै सोहि पालिकाको क्वारेन्टाइनमा रहेका १९ बर्षिय १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको उनले बताए । उनीहरुको सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको उनले बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा भएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएकोे हो ।गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको शर्माले बताए ।

कमेन्टहरु
Loading...