गण्डकीमा १७ जनाको कोरोना परीक्षण, १३ जनाको नेगेटिभ रिपोर्ट

पोखरा, १३ चैत / गण्डकी प्रदेशमा कोरोना भाइरसको आशंकामा लिईएको १७ वटा परीक्षणमध्ये १३ जनाको नेगेटिभ आएको छ भने १ वटा रिपोर्ट आउने क्रममा छ ।

अन्य तीन वटा रिर्पोट परीक्षणका लागि बिहीबार काठमार्डौ पठाएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोद बिन्दु शर्माले जानकारी दिए ।

म्याग्दी, मनिपाल शिक्षण अस्पताल, फिस्टेल अस्पताल, सिभिक अस्पताल, लायन्स सामुदायिक अस्पताल, रिजनल अस्पताल, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा संकलन गरेका नेगेटिभ आएका हुन् ।

पश्चिमाञ्चल क्षेत्रिय अस्पतालबाट पछिल्लो दिनमा आएका नमुना संकलनको रिपोर्ट आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशक शर्माले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले कोरोना विरुद्धको तयारी तीब्र पारेको उनले बताए । उनले कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टाइनमा बसे विश्वबन्धु नेपालीको पनि कोरोना परीक्षणका लागि पठाएको बताए ।

भारतको हैदराबादबाट फर्किएका कास्कीको रुपा गाउँपालिकाका ५० वर्षीय विश्वबन्दु नेपाली बुधबार पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनी १२ दिनअघि भारतबाट नेपाल आएका थिए । उनी रुपा गाउँपालिकाले मंगलबार देखी सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका थिए ।

कमेन्टहरु
Loading...