गण्डकी प्रदेशको रिक्त सांसदपदमा निर्वाचन गर्न माग

पोखरा, २१ साउन /गण्डकी प्रदेशमा रिक्त रहेको सांसदको एक पदमा निर्वाचन गर्न सांसदले माग गरेका छन् ।

गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले सोमबारको संसद बैठकको विषेश समयमा बोल्दै सभामा रिक्त रहेको पदलाई निर्वाचन गर्न माग गरेका हुन् ।

मनाङबाट प्रदेश सभामा निर्वाचित दीपक मनाङे ज्यानसम्बन्धी मुद्दामा जेल चलान भएपछि एक जना सांसद पद रिक्त छ । उनी मनाङबाट प्रदेश सभाकालागि निर्वाचीत भएका थिए ।

कमेन्टहरु
Loading...