गण्डकी प्रदेशले बजेट अधिबेशन पोखरा सभागृहमा गर्ने तयारी

gandaki pardash sava bijate

पोखरा, ४ जेठ / साँघुरो भवनमा संसद् चलाउँदै आएको गण्डकी प्रदेशले कोरोना संक्रमणको बढ्दो त्रासका कारण पोखरा सभागृहमा बजेट अधिबेशन चलाउने तयारी गरेको छ ।

६० सांसद रहेका गण्डकी प्रदेशमा सामाजिक दुरी कायम गर्दा अहिले संसद चलिरहेको भवन सानो हुने भएपछि पोखरा सभागृहमा संसद चलाउने तयारी थालेको हो । गण्डकी प्रदेश सरकारले जेठ ११ देखि संसद् बैठक बोलाउने तयारी गरेको छ ।

विपक्षी दलहरु समेतको परामर्शका आधारमा बैठक चलाउने तयारी भएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सोही बैठकका लागि सभागृहको मर्मत सम्भार समेत प्रदेश सरकारले गर्ने छ । संसद चल्दा सांसद बाहेक, कर्मचारी, मर्यादा पालक, पत्रकार, दर्शक लगायत हुन्छन् ।

संघीय सरकारले जेठ १५ गते भित्र, प्रदेश सरकारले असार १ गते भित्र बजेट ल्याउनै पर्ने बाध्यता सविधानमा छ । बजेट ल्याउनु अगाडी बजेटका सिद्धान्त र प्राथमिकता पास गर्नु पर्दछ भने सिद्धान्त पास भएपछि नीति तथा कार्यक्रम तय गर्नुपर्ने हुन्छ ।

पोखरा महागनरपालिकाले पनि पोखरा सभागृहमा नै नगरसभा यही हलमा गर्दै आएको छ । सभागृहको आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अवलोकन गरेका छन् ।

कमेन्टहरु
Loading...