गण्डकी प्रदेशको तेस्रो समन्वय परिषद सुरु

पोखरा, ३ पुस / पोखरामा गण्डकी प्रदेश समन्वय परिषदको तेस्रो बैठक पोखरामा सुरु भएको छ । बैठकको उद्घाटन सत्रमा प्रदेशका मुख्यमन्त्री तथा बैठकका अध्यक्ष पृथ्वीसुब्बा गुरुङले दुई सरकारबीच समन्वयको अभाव रहेको असन्तुष्टि पोखे । उनले स्थानीय तहहरू छुट्टै सरकार भए तापनि स्वतन्त्र सरकार जस्तो व्यवहार गरेको उनले बताए ।

उनले गण्डकी प्रदेशको आधारभूत खानेपानी नपुगेका ठाउँमा पु¥याउन जिल्ला समन्वय समिति सगँ तथ्याङक माग्नु परेको बताए । उनले गाउँगाउँमा सिंहदरबार भनेर नयाँ शासकीय अभ्यासमा डेब्यु गर्दा साँच्चिकै सिंहदरबारको अनुभुति जनतालाई गराउन सहकार्य र सहअस्तित्वमा नै काम गर्नुपर्ने उनको भनाई थियो ।

प्रदेश सरकारले लिएका लक्ष्य पूरा गर्नमा स्थानीय तहले नै समन्वय र सहयोग गर्नुपर्नेमा उनको भनाई थियो । उनले विभिन्न समस्या रहेको बताए । कार्यक्रममा गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका अध्यक्ष लगाएतको सहभागी रहेको छ ।

दुई दिनसम्म चल्ने बैठकमा पन्ध्रौं योजनाको राष्ट्रिय लक्ष्य र स्थानीय तहको भूमिका, गण्डकी प्रदेशको पञ्चवर्षीय योजना बारेमा प्राकृतिक स्रोत र राजश्व बाँडफाँटको अहिलेको अवस्था र भावी योजनाबारे छलफल हुनेछ ।

कमेन्टहरु
Loading...